टिभिएस जुपिटर क्लासिकको एक्टिभेसन कार्यक्रम सञ्चलान, मंगलबारसम्म कार्यक्रम सञ्चालन हुने

बिजमाण्डू
२०७४ माघ २९ गते १७:५१ | Feb 12, 2018
टिभिएस जुपिटर क्लासिकको एक्टिभेसन कार्यक्रम सञ्चलान, मंगलबारसम्म कार्यक्रम सञ्चालन हुने
काठमाडौं। टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम गरेको छ। यो एक्टिभेसन कार्यक्रम फेब्रुअरी ९ तारिखदेखि १३ तारिखसम्म विभिन्न सपिङ्मलमा आयोजना भएको थियो। 
 
एक्टिभेसन कार्यक्रम यसअघि नै बिजी मलमा ९ फेब्रुअरीमा र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा आयोजना गरिएङ्को थियो। यसैगरि सहभागीहरुले लाबिम मलमा १२ र १३ फेब्रुअरीमा सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्नेछन्। 
 
सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 
 
खिचिएको फोटो जगदम्बा मोटर्स टिभिएसको फेसबुक पेजमा अपलोड गरिने र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट यहि फेब्रुअरी २० तारिखसम्ममा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life