काठमाडौं। नेपाल बैंक लिमिटेडले फागुन २५ गते ५८ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा संचालक समितिको चुक्ता पूँजी बृद्धि गर्न एफपिओ निष्कासनको प्रस्ताव लैजाने बताइएको छ।
संचालक समितिले हालको चुक्ता पूँजीमा नेपाल सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्ने प्रस्ताव ल्याएको हो। यसकालागि साधारणसभाले १ अर्ब ७६ करोड रुपैयाँको एफपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नु पर्नेछ। बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ भने एफपिओ निष्कासन पछि ९ अर्ब ८१ करोड रुपैयाँ हुनेछ।
साधारणसभामा गत आर्थिक वर्षको वासलात पारित गर्नेदेखि लेखा परिक्षक नियुक्ती गर्नेसम्मका प्रस्ताव रहेका छन्। साधारणसभाले एफपिओको मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने तथा अन्य प्रक्रिया अगाडि बढाउन संचालक समितिलार्इ अख्तियारी दिने भएको छ।
सधारणसभा प्रयोजनको लागि फागुन ९ देखि २५ गतेसम्म बैंकले बुक क्लोज गर्ने भएको छ।
नेपाल बैंकले एफपिओ पारित गर्ने प्रस्ताव सहित डाक्यो साधारणसभा, पूँजी बलियो बनाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।