विशाल ग्रुपसहितको व्यापारिक समूहको विराटनगरमा अत्याधुनिक सपिङ मल, तीन महिनामा संचालनमा आउने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ फागुन २ गते ०९:०२ | Feb 14, 2018
विशाल ग्रुपसहितको व्यापारिक समूहको विराटनगरमा अत्याधुनिक सपिङ मल, तीन महिनामा संचालनमा आउने


विराटनगर।झण्डै एक अर्बको लगानीमा विराटनगरमा अत्याधुनिक सपिङ मल स्थापना भएको छ।

Tata
GBIME
Nepal Life

नेपालको इमर्जिङ समूह विशाल ग्रुप,देवेनरा मुन्दडा र विराटनगरको हाइलाइफ समूहको लगानीमा स्थापना भएको मल तीन महिनाभित्र संचालनमा आउनेछ।मलले मंगलबारदेखि कोठा बुकिङ खुल्ला गरेको छ।वढ्दो शहरीकरणलार्इ ध्यान दिएर मल संचालनमा ल्याउन लागेको मलका संचालक प्रकाश मुन्दडाले बताए।

भुइँतलाको बहाल प्रति वर्ग फिट१ सय ७५ र पहिलो तलाको १ सय ४० रुपैयाँ रहेको उनले बताए।मल तयार हुँदा जमिनको मूल्यसहित ८० करोड लगानी पुग्ने मुन्दडाले जानकारी दिए । तीन महिनाभित्रमा मल सञ्चालनमा ल्याइसक्ने लक्ष्यका साथ निर्माणको काम अघि बढाइएको उनले बताए।महानगरपालिकाको मेनरोडमा रहेको अतिथि सदनदेखि १ सय मिटर उत्तरमा रहेको १६ कट्ठा जमिनमा बनाइँदै गरेको २५ हजार वर्ग फिटको मलमा १ सय १० पसल हुनेछन् ।

मलले तत्काल ७५ वटा चार पाँग्रे र १ सय ५० मोटरसाइकलका लागि अन्डरग्राउन्ड पार्किङको निर्माण गरेको छ । पार्किङको चाप बढ्दै गएपछि यसको क्षमता दोब्बर बनाएर १ सय ५० गाडी र ३ सय मोटरसाइकल अट्ने स्थान बनाइने सञ्चालक मुन्दडाले बताए।मलले दोस्रो तलामा २ सय ५०÷२ सय ५० सिट क्षमताका वातानुकूलित दुई सिनेमा हल र एक रेस्टुरेन्ट सञ्चालन गर्नेछ । दोस्रो तलामै सैलुन, स्पा र शारीरिक फिटनेस सेन्टर बनाइने योजना छ ।
‘मनोरञ्जन, किनमेल, भोजन र तन्दुरुस्तीका लागि एउटै थलो’ भत्रे उद्देश्यका साथ सञ्चालनमा ल्याइन लागेको मलमा बालबालिकाका लागि छुट्टै खेल्ने ठाउँ पनि हुने उनले बताए।

‘विराटनगरमा हामीले दिल्ली पब्लिक स्कुलको स्थापना गर्दा पनि आधुनिकता, उत्कृष्टता र गुणस्तरमा कुनै सम्झौता गरेका थिएनौँ’, उनले भने, ‘त्यही शैलीलाई सेन्ट्रल मलमा अपनाएका छौँ । विश्व बजारमा प्रतिस्पर्धी हुने सोचका साथ मलको सञ्चालन गर्दैछौँ ।’