सूचना प्रविधिले फेरियो प्रचार शैली, पर्यटन बोर्डले फेसबुक र ट्विटरमार्फत पर्यटन प्रवर्द्धन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन २ गते ११:२३ | Feb 14, 2018
सूचना प्रविधिले फेरियो प्रचार शैली, पर्यटन बोर्डले फेसबुक र ट्विटरमार्फत पर्यटन प्रवर्द्धन

काठमाडौँ।सूचना प्रविधिमा आएको परिवर्तनसँगै प्रचार शैली पनि फेरिएका छन्।

Tata
GBIME
Nepal Life

केही वर्षअघिसम्म वस्तुदेखि सेवा प्रवर्द्धनका लागि ब्रोसर छाप्ने गरिन्थ्यो।तर अहिले सूचना प्रविधिको विकाससँगै सामाजिक संजालमार्फत प्रचार गर्ने शैली सुरु भएको छ।यही शैलीलार्इ पछ्याएर नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन गन्तब्यको प्रचार गर्ने भएको छ।

वोर्डका वरिष्ठ प्रवन्धक सुनिल शर्माले पन्ध्र वर्ष अगाडीको पर्यटन प्रवर्द्धनको योजनाको तुलना गर्दै भने, ' विगतका दिनमा पर्यटन प्रवर्द्धनका लागि स्टीकर, ब्रोसर, क्यालेण्डर लगायतका सामाग्री छाप्ने गरिन्थ्यो। अहिले संसार प्रविधीमैत्री भइसकेको छ। एउटा मोवाइल/ल्यापटपकै भरमा संसार हेन सकिन्छ र मुख्यतः सामाजिक संजाल प्रयोगकर्ता धेरै छन्। सामाजिक संजालमार्फत प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय विज्ञ ल्याउने योजना बनाइएको हो।‘

उनका अनुसार विगत तीन वर्ष अघिदेखि  वोर्डले फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा आफ्नो वेवपेज खोलेको छ। सामाजिक संजालको प्रयोगले आन्तरिक तथा वाह्य पर्यटकको चासो बढेको उनले बताए।उनका अनुसार पर्यटन मेलामा भाग लिने र डिजिटल टुरिज्जमलार्इसँगसँगै बढाएका छौं।बोर्डको ट्विटर फ्लोअर्स ६ हजार ८ सय छन् भने इन्स्टाग्राममा सात हजार एक सय चौध फलोअर छन्। फेसबुकमा ६८ हजार आठ सय ५४ जनाले फलो गरेका छन् भने युट्युबमा सात सय ४० सदस्य रहेका छन्।

सामाजिक संजालले नेपालको पर्यटन प्रवर्द्धनका लागि संसारसँग हातेमालो गर्ने माध्यम बनाइदिएको छ। विदेशीले नेपालको पर्यटन सम्बन्धी लेखेको समाचार, लिएका तस्विर वोर्डले आफ्नो पेजमा पोस्ट गर्छ।उनले भने 'नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन स्मार्टफोन प्रयोगकर्ताले पनि सक्छन्। स्मार्ट फोन प्रयोगसँगै स्मार्ट दिमाग लगाउने हो भने नेपालको प्रकृति, संस्कृति लगायतका कुराको तस्विर, भिडीयो अनुसारको कन्टेन्ट प्रयोग गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनसँग सम्वन्धित व्यक्ति/ संस्थालाई ह्यासट्याग(#) गर्न सक्छन् जसले गर्दा पर्यटन प्रवर्द्धन हुन्छ। ह्यास ट्याग गर्दा सेलेक्टेड ग्रुप र तस्विर विवरणलाई अनिवार्य रुपमा गर्नुपर्छ।'

टुरिजम पढाइ हुने कलेजमा समेत वोर्डले तालिम दिँदै आएको छ। विद्यार्थीलार्इ सामाजिक संजालमा तस्विर राख्दा १० प्रतिशत तस्विर, ६० प्रतिशत ह्यास ट्याग र ३० प्रतिशत क्याप्सन अनिवार्य गरेको बताए।सामाजिक संजालमार्फत पर्यटन प्रवर्धन गर्दा शुल्क कम लाग्ने उनी बताउँछन्। सेकेण्डकै  भरमा विश्वव्यापी रुपमा  पर्यटन प्रवर्द्धन गर्न सकिने हुँदा  वोर्डले सामाजिक संजालमा आफ्नो पेज खोलेको उनले बताए।

 वोर्डले फोटो नेपाल , फुड नेपाल , भिडियो नेपाल, वेलकम नेपाल, इक्सपेरियन्स नेपाल लगायतका वेवपेज खोलेर क्यापेनिङ गर्दै आएको छ।'फोटो कन्टेस्ट, भिडीयो कन्टेस्ट आयोजना गर्दै आएका छौँ। अहिले भिडीयो कन्टेस्ट आयोजना भइरहेको छ,शर्माले भने, सर्ट भिडियो बनाउने सर्वसाधरणले पुरस्कार पनि पाउन सक्छन्।'