नयाँ जीवन बीमा कम्पनीले पूरानालार्इ दिए टक्कर, पूरानो भन्दा एग्रेसिभ, कसरी कमाए यतिधेरै नाफा?

बिजमाण्डू
२०७४ फागुन २ गते ११:२८ | Feb 14, 2018

काठमाडौं। नयाँ संचालनमा आएका जीवन बीमा कम्पनी पूराना भन्दा एग्रेसिभ देखिएका छन्। लामो समयदेखि संचालनमा रहेका ९ वटा कम्पनीसँगै नयाँ जीवन बीमा कम्पनीको नाफा पनि राम्रो छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको ६ महिनामा नयाँ र पुराना गरेर १७ जीवन बीमा कम्पनीले वित्तिय विवरण प्रकाशित गरेका छन्। पूराना जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब २५ करोड रुपैयाँ नाफा गरेका छन्।

नयाँ बीमा कम्पनीको नाफा

क्र.स. कम्पनीको नाम खुद नाफा
1 ज्योति लाइफ 80200000
2 रिलायन्स लाइफ 65400000
3 रिलायबल नेपाल 63100000
4 आर्इएमर्इ लाइफ 61801000
5 युनियन लाइफ 54800000
6 सिटिजन लाइफ 51400000
7 प्रभु लाइफ 37200000
8 सानिमा लाइफ 36000000
  जम्मा 449901000

नयाँ संचालनमा आएका ८ वटाले ४४ करोड ९९ लाख रुपैयाँ नाफा गरेका छन्। नयाँ संचालनमा आएका बीमा कम्पनीको नाफामा ब्याज आम्दानीको हिस्सा धेरै छ। सुरुवातमा नै न्यूनतम एक अर्ब ४० करोड रुपैयाँ जुटाएका कम्पनीले बैंकिङ क्षेत्रमा आएको तरलताको फाइदा लिएका हुन्।

नाफा धेरै हुनुमा कारण यस्तो छ
नयाँ आएका ९ जीवन बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ६० करोड रुपैयाँ भन्दा धेरै छ। संचालनमा रहेका ९ जीवन बीमा कम्पनीको पूँजी ६ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। यसमा मेट लाइफ इन्स्योरेन्स कम्पनी पर्दैन।

पूराना बीमा कम्पनीको नाफा

क्र.स जीवन बीमा कम्पनी पुष २०७४
1 राष्ट्रिय बीमा संस्थान 372504000
2 नेपाल लाइफ इन्स्योरेन्स 279680611
3 नेशनल लाइफ 170811539
4 प्राइम लाइफ 115193000
5 मेट लाइफ 112936000
6 सूर्या लाइफ 72657000
7 लाइफ इन्स्योरेन्स 67601753
8 गुराँस लाइफ 38264120
9 एशियन लाइफ 25862448
  जम्मा 1255510471

नयाँ कम्पनीको संचालन खर्च पूरानाको भन्दा कम छ।शाखा विस्तारसँगै नयाँ बीमा कम्पनीको खर्च पनि बढ्दै जान्छ। लामो समयदेखि संचालनमा रहेका कम्पनीको खर्च नयाँको भन्दा धेरै छ। साथै उनीहरुको विजनेस लामो समय देखि सुस्त हुँदा नयाँ आएकाले विजनेस लिन सफल भएको देखिन्छ।
६ महिना देखि मात्रै बीमा व्यावसाय संचालन गरेकोले नयाँ कम्पनीले दाबी भूक्तानी गर्नु परेको छैन।

वित्तिय विवरण प्रकाशित गर्ने ८ वटा कम्पनीले मध्ये अहिलेसम्म मात्र दुर्इ वटा कम्पनीले दुर्इ वटा पोलिसीको दाबी भूक्तानी गरेका छन्। यसले पनि नयाँ कम्पनीहरुको नाफा बढाउनमा योगदान पुर्याएको हो।

राष्ट्रिय बीमा कम्पनी नाफामा अगाडि
राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामै ३७ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा २६ करोड १६ लाख रुपैयाँ मात्र थियो। कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ मात्र छ। कम्पनीको प्रतिशेयर आम्दानी १३९ रुपैयाँ छ।