बैंकका कारण समस्या आएकै होइन, पुरानो ढर्राबाट चल्दैन, ग्लोबल आइएमइका सिइओ पौडेलको अन्तर्वार्ता




नविल बैंकबाट करियर सुरु गरेका जनक शर्मा पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्ष बिताएपछि वाणिज्य बैंकको सर्वोच्च पदमा पुगेका छन्।उनी डेपुटी सिइओ हुँदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत बने। लण्डनमा समेत बैंकमा काम गरेको अनुभव भएका पौडेललार्इ बिजमाण्डूका सुदर्शन सापकोटाले सोधे- अब बैंक दोस्रो इनिङ सुरुवात गर्ने चरणमा पुगेको हो?
 
अलिक बढी जिम्मेवारीवोध हुन्छ प्रमुख कार्यकारीलाई। आफू एक नम्बर भइसकेपछि रेगुलेटरसँगको सम्बन्ध, बजारसँगको सम्बन्धमा अलि बढी सचेत हुनुपर्छ। यद्यपी मैले सेकेन्डम्यान हुँदा पनि त्यो काम गरेको हो। त्यही भएर सिइओ भएर आउँदा मलाई कतैपनि अलमल भएन। सहजै टेकओभर गर्न सकेको छु। 

बैंकहरुको ब्यवस्थापकीय नेतृत्व अब दोस्रो पुस्तामा धमाधम आउन थालेको छ। एउटै बैंकमा डेपुटी सिइओ हुँदै नेतृत्वमा पुग्दा के फरक हुने रहेछ?
मलाई त खासै फरकपन महसुस भएन। सुरुदेखि नै यहीँ भएकाले पनि भिन्न खालको महसुस नभएको होला। सिइओ भएर चलाउने कुरा ठ्याक्कै यही हो भन्ने थाहा पनि थियो। र, धेरै बैंकमा काम गरेको अनुभवका कारणले पनि हुनसक्छ। तैपनि दायित्ववोध भने निकै बढेर जाने रहेछ। डेपुटीबाट सिइओ हुँदै गर्दा भूमिका सामान्य रुपमा मात्र फेरिने रहेछ। यसलाई मैले सकारात्मक चुनौतीका रुपमा लिएको छु। आफैले लामो समय काम गरेको बैंक हो ग्लोबल आइएमइ।जसरी बैंक हुर्कियो त्यसरी नै म पनि हुर्किएको हुँ। बैंक र म एकअर्कामा परिचित छौं। त्यसैले मलाई खासै नयाँ केही लागेन तर दायित्ववोध भने बढेको महसुस भएको छ।
 
प्रमुख कार्यकारी हुँदा दायित्ववोध बाहेक फरक अनुभव के हुने रहेछ?
म यो बैंक छिरेदेखि नै नेतृत्वमा थिएँ। व्यवस्थापनको माथिल्लो तहमै बसेर काम गरेको थिएँ। त्यसैले मलाई तत्काल टेकओभर गर्दा फरक खालको 'स्किल' चाहिन्छ जस्तो लागेन। तर सेकेन्ड म्यान हुँदा जसरी 'इनिसिएसन' लिएर काम गर्न गाह्रो हुन्छ फस्टम्यान भइसकेपछि काम गर्न सजिलै सकिन्छ। यसको मतलव सेकेन्डम्यानलाई धेरै गाह्रो हुन्छ भन्ने होइन। अलिक बढी जिम्मेवारीवोध हुन्छ प्रमुख कार्यकारीलाई। आफू एक नम्बर भइसकेपछि रेगुलेटरसँगको सम्बन्ध, बजारसँगको सम्बन्धमा अलि बढी सचेत हुनुपर्छ। यद्यपी मैले सेकेन्डम्यान हुँदा पनि त्यो काम गरेको हो। त्यही भएर सिइओ भएर आउँदा मलाई कतैपनि अलमल भएन। सहजै टेकओभर गर्न सकेको छु। 
 
हिजोको दिनमा मैले निश्चित कुरा राम्रो देखेर निर्णय गरे भनेँ पनि कार्यान्वयनमा नजान सक्थ्यो। किनभने ममाथि सिइओ हुन्थ्यो। अब भने मलाई निर्णय गर्न गाह्रो हुँदैन। मैले लिने निर्णयले बैंकलाई वेफाइदा गर्न पनि सक्छ। फाइदा गर्न  पनि सक्छ। त्यो दुबैको जसअपजस भने अब मैले लिनु पर्छ। त्यसैले सिइओले धेरै नै सोचबिचार गरेर छलफल गरेर निर्णय लिनु पर्ने हुन्छ। मैले सिइओका रुपमा एक्लैले गरेर केही पनि हुँदैन। त्यसैले टिम वर्क गर्नुपर्छ। सिइओसँग अलिक बढी भिजन र निर्णय गर्ने क्षमता हुनुपर्छ भन्ने लाग्छ। 
 
अब बैंकमा तपाईले हिजो डेपुटी भएर जे सोच्नु भएको थियो, त्यसलाई निरन्तरता दिनुहुन्छ वा फरक हिसावले जानु हुनेछ वा अहिले बैंक जसरी चलेको छ त्यो बाटो पछ्याउनु हुन्छ?
निर्णय गर्दा सिइओको आफ्नो अध्ययन र बुझाइ त्यसमा प्रतिविम्वित हुन्छ। तर मैले लिडरसीप लिएपछि ओभरनाइट पूरै परिवर्तन गर्ने भन्ने होइन। र, अहिलेकै गतिमा जाने भन्ने पनि होइन। बैंकको 'रिक्स पिलर' हरुलाई बलियो बनाउँदै जाने हो। सँधै विजनेस बढाउने भन्ने पक्षमा पनि म छैन। एकदमै दौडँदा थकाइ पनि त्यसैगरी लाग्छ। त्यसैले निश्चित गति लिँदै थकाइ मार्दै अगाडि बढ्ने भन्ने मेरो एप्रोच हुन्छ। व्यापारलाई खँदिलो बनाउँदै लैजाने हो। जोखिम न्यूनीकरणमा धेरै काम गर्नु पर्नेछ। दरिलो बैंक बनाउन जे जति कुरा गर्नुपर्छ, त्यसमा मेहेनत गर्ने मेरो नीति हुने छ। व्यापार मात्रै सबैथोक हो भन्ने हिसावले म जान्न। 
 
हो, व्यापार बढाउनु पर्ने पनि चुनौती हुन्छ। तर त्यसलाई आक्रामक भएर बढाएर हुँदैन। बजारको अवस्था हेर्नु पर्छ। नियामकीय प्रावधानहरुलाई हेर्नु पर्छ। त्यो सबैलाई नापतौल गरेर म अगाडि बढ्छु। मेरो फोकस खास गरेर आफ्नो ३० बर्षको अनुभवका आधारमा जोखिम पिलरलाई बलियो बनाउनु पर्छ भन्नेमा हुन्छ।  जति बलियो बनायो त्यति नै लामो समयसम्म बैंकले काम गर्न सक्छ। मैले कस्टमर सर्भिस (ग्राहक सेवा) लाई पनि सुधार गर्नु पर्नेछ। आखिरमा ग्राहक नभइ बैंक चल्दैन। सेवा सुविधालाई भरपर्दो र आधुनिकीकरण गर्दै लैजान्छु। यहाँनेर धेरै सुधार गर्नु पर्ने ठाउँ छ।
 
बैंकिङ गर्ने कल्चरमा पनि परिवर्तन गर्न आवश्यक छ। संख्या धेरै भएर होला अस्वस्थ प्रतिस्पर्धा धेरै छ। हामी बैंकर आफूलाई धेरै प्रोफेसनल ठान्छौं तर त्यो काम गराइमा देखिइरहेको छैन। त्यसैले कल्चरमा पनि परिवर्तन गर्न आवश्यक छ। सिफ्ट हुन आवश्यक छ। अस्वस्थ प्रतिस्पर्धाले बैंकको मार्जिन पनि घटाइरहेको छ। उत्पादकत्वमा पनि कमी आइरहेको छ।
 
अहिले हेर्दा ३३/३४ बर्ष पुरानो बैंक र १२/१४ बर्ष पुरानो बैंकको दौड एक ठाउँमा आएर रोकिएको जस्तो देखिन्छ। अब बैंक दोस्रो इनिङ सुरुवात गर्ने चरणमा पुगेका छन्। सेकेन्ड इनिङको विगिनिङ यस्तै बैंकिङले हुन्छ वा अर्को धारबाट चल्ने बेला आइसकेको छ?
सेकेन्ड इनिङको विगिनिङको आवश्यकता भइसकेको छ। बैंकिङमा परिवर्तन नआएको होइन, आइरहेको छ। आन्तरिक संरचनादेखि ग्राहक सेवासम्म परिवर्तन आएको छ। तर धेरै हदसम्म परम्परावादी हिसावले नै बैंक चलेको देखिन्छ। अब हामीले टेक्नोलोजीमा धेरै काम गर्नु पर्ने भएको छ। मेसिनबाट एकछिनमा दिने सेवा अहिले मान्छे प्रयोगबाट समय लाग्ने गरेको छ। ग्राहक चाँडो र सरल हिसावले सेवा चाहन्छ। त्यो दिशामा बैंक अब चल्नु पर्ने अवस्था छ। बाहिर त्यस्तो भइसकेको छ। प्रविधिमा आधारित बैंकिङ आइसकेको छ उता। यहाँ पनि भइरहेको छ तर पर्याप्त छैन। त्यहाँ हामीले काम गर्नै पर्छ। कतिपय कुरा समयले पनि गराउँछ। 
 
बैंकिङ गर्ने कल्चरमा पनि परिवर्तन गर्न आवश्यक छ। संख्या धेरै भएर होला अस्वस्थ प्रतिस्पर्धा धेरै छ। हामी बैंकर आफूलाई धेरै प्रोफेसनल ठान्छौं तर त्यो काम गराइमा देखिइरहेको छैन। त्यसैले कल्चरमा पनि परिवर्तन गर्न आवश्यक छ। सिफ्ट हुन आवश्यक छ। अस्वस्थ प्रतिस्पर्धाले बैंकको मार्जिन पनि घटाइरहेको छ। उत्पादकत्वमा पनि कमी आइरहेको छ। मार्जिन कम हुँदा नयाँ टेक्नोलोजीमा जाने लगानी जुटाउन पनि समस्या छ। प्रविधिको सहायताले लामो हिस्ट्रीको विश्लेषण गरेर अगाडि बढ्न पनि सघाउँछ। बैंक भनेको एकैदिनको व्यापार, एकैदिनको नाफाबाट चल्ने होइन। लामो हिसावले हेर्नुपर्छ। त्यो अभ्यास घट्दै गएको छ। अब त्यसमा परिवर्तन ल्याउन आवश्यक छ।
 
ग्लोबल बैंकको अर्थ लगाउँदा एग्रेसन भनेर पनि लगाइन्थ्यो। मर्जर, एक्विजिसन, शाखा लगायत। यो एग्रेसिभनेस करिव करिव स्याचुरेट भएकोजस्तो लाग्छ। त्यो ठाउँ अरु बैंकले लिन थालेका हुन्?
ग्लोबल आइएमइ बैंक एग्रेसिभ त्यो अर्थमा हो, जसले मर्जरबाट आफ्नो क्षमता विस्तार गर्यो। एग्रेसिभ शब्दलाई सकारात्मक रुपमा भन्दा पनि नकारात्मक रुपमा हेरिन्छ बैंकिङमा। ११ बर्ष पुरा भएका छौं हामी। ११ बर्षमा ३५ बर्ष पुरानो बैंकको हाराहारीमा पुग्नु सामान्य कुरा पक्कै थिएन। त्यो हिसावले एग्रेसिभ देखिएको हो। ग्लोबल आइएमइ बैंक भने व्यापारमा हिजो पनि एग्रेसिभ थिएन आज पनि होइन। हामीले व्यापार व्यवसाय, नेटवर्क विस्तारलगायतले हामीलाई एग्रेसिभ भनिएको हो। तर हामी एग्रेसिभ होइनौं। हामी मर्जरबाट यो अवस्थामा आएका हौं। हामी सामान्य रुपमा चलेका थियौं। अर्को संस्था पनि सामान्य रुपमा चलेको थियो। ती सामान्य रुपमा चलेका संस्था मर्ज हुँदै व्यापार बढ्यो। सञ्जाल बढ्यो। वासलात बढ्यो। हामी सीमित गतिमै हिँडिरहेका छौं। आफ्नै गतिमा हिँडेका संस्था मर्जरमा जाँदा त्यसलाई एग्रेसिभ भन्न नमिल्ला। दुबै समान र सन्तुलित गतिमा हिँडेका संस्था मर्ज भएर एक हुँदा बलियो भए,  आकार बढ्यो यसले गर्दा सिनर्जी क्रिएट भयो। 
 
नेपाल राष्ट्र बैंकले २ अर्बलाई ८ अर्ब पूँजी पुर्याउने व्यवस्था गर्यो। दुई अर्बको पूँजी लगाउँदा र ८ अर्ब पूँजी लगाउँदा शेयरधनीले त केही न केही चाहन्छन्। हिजोकै स्तरमा प्रतिफल दिन चार गुणा आम्दानी बढाउनु पर्ने हुन्छ। यसमा दुई वटा बाटो छन्। एउटा बाटो धमाधम व्यापार गर्ने। नाफा बढाउने। अनि बाँड्ने। यसमा हाम्रो पूर्वाधार कत्रो छ? गुणस्तर कस्तो छ? भिजनरी बैंकर कति छन्? ठूलो र लामो अनुभव भएका कर्मचारी कति छन्? त्यो स्तरको निर्णय गर्ने क्षमता भएका कर्मचारी हामीसँग छ/छैनन्? हेर्नु पर्छ। एउटा बाटो यो हो । हामीले यो बाटो लिएनौं। हामीले पूँजी बृद्धिकै कुरा गर्दा पनि हकप्रदतिर लागेनौं। बजारको निक्षेपको संभाब्यता भएको पैसालाई पूँजीमा परिवर्तन गरिदिन्छ। अहिले त्यसैको कारण तरलता अभाव भएको हो। माग जति पनि हुन्छ ऋणका लागि तर त्यसलाई धान्ने निक्षेप पनि चाहिन्छ। अर्थतन्त्रमा पनि उथलपुथल नहोस् भनेर हामी हामीजस्तै संस्था खोजेर मर्जरमा गयौं। हामीले दोस्रो बाटो रोज्यौं। र हामीलाई लाग्छ यो सही र दीर्घकालिन हितको बाटो थियो। यसले गर्दा हामीले व्यापार पनि बढाउन सक्यौं। अर्थतन्त्रलाई पनि योगदान गर्न सक्यौं। हामीले १० वटा जति मर्जर गर्यौं। हामी अर्ग्यानिक हिसावले पूँजी बढायौं। पूँजीसँगै व्यापार पनि त्यही हिसावले बढ्यो।

आक्रामक शब्द प्रयोग गर्नु उपयुक्त हुँदैन। हामी राष्ट्र बैंकको निति नियमलाई पच्छ्याउँदै जाँदा मर्जरमा गएका हौं। १० वटा मर्ज गर्दा एग्रेसिभ भन्ने हो भने १५ वटा गरेको भए के भन्ने? 
 
मर्जरले गर्दा बैंकको आकार बढ्यो। पूँजी बढ्यो। अब यसरी बुझ्दा हुन्छ, बैंकले आफ्नो क्षमताले गर्न सक्ने जति व्यापार गरिरहेको रहेनछ?
होइन, मर्जर गरिरहँदा पनि हामीले आफ्नै स्रोतबाट व्यापार त गरिरहेका थियौं नि। हामीले आफ्नो काम त रोकेका थिएनौं। मर्जरले चाँडो ठूलो बनाउन सहयोग गर्यो भन्ने हो। हामी नेचुरल ग्रोथमा त हिँडिरहेका छौं। कमर्ज एण्ड ट्रस्टसँग मर्जर गर्दा पूँजी पनि आयो र व्यापार पनि आयो। तर व्यापार त हामीले नगरेको भए ठूलो आकार त हुँदैन थियो नि। मैले २ अर्बको पूँजी ८ अर्ब पुर्याउँदा जोखिम कति उठाउने भन्ने पनि हो। हिजो दुई किलोमिटरका दरले हिँडेको मान्छे ८ किलोमिटर दौडन लाग्यो भने उसको स्टामिना घट्छ। त्यसैले मर्जरबाट हामीले व्यापार बढायौं।
 
मर्जरलाई एग्रेसन भन्न मिल्यो?
आक्रामक शब्द प्रयोग गर्नु उपयुक्त हुँदैन। हामी राष्ट्र बैंकको निति नियमलाई पच्छ्याउँदै जाँदा मर्जरमा गएका हौं। १० वटा मर्ज गर्दा एग्रेसिभ भन्ने हो भने १५ वटा गरेको भए के भन्ने? 
 
अहिले बैंकिङमा तरलता लगायतका विभिन्न समस्याहरु आइरहेका छन्। के बाँकी बैंकहरु अलिकति एग्रेसिभ हुँदा आएको हो भन्न मिल्छ?
 
अहिलेको समस्या तरलता र ब्याज दर हो। ब्याजदर बजारले नै निर्धारण गरिरहेको छ। अलिकति करिडोरले स्थायित्व दिन खोजिरहेको छ। अहिले बैंकहरुको सिसिडी टाइट छ। एक करोड रुपैयाँ लगाएपछि मलाई चार बर्ष रिटर्न चाहिँदैन, म राम्रो संस्था बनाउँछु। इकोनोमि राम्रो बनाउन चाहन्छु भनेर कुनै एउटा ब्यक्तिले भन्न सक्दैन। यो राज्यले बाहेक कसैले पनि भन्न सक्दैन। व्यक्तिको त जहिले पनि व्यापार बढाउने चाहना राख्छ। उसको नेचुरल वायोलोजी हो यो। त्यसैले प्रतिफलबिना कसैले पनि लगानी गर्न चाहँदैन। कति प्रतिफल लिने भन्ने चै एउटा बिषय होला। यहाँ निश्चित खालको प्रतिफल छ। 
 
प्रतिफलको दवावमा बैंकहरु परे?
पक्का पनि प्रेसर हुन्छ नि। लगानी लगाएपछि त्यसको प्रतिफल त खोजिहालिन्छ। लगानीकर्ताले प्रतिफल खोज्नु अस्वभाविक होइन। एक अर्ब लगाएको थिएँ ८ अर्ब पूँजी पुग्यो। त्यसको रिटर्न ४/५ प्रतिशत तलमाथि भए पनि चाहिन चै चाहिन्छ है। मैले फ्रिमा पैसा लगाएको होइन है त भनिहाल्छन् नि। त्यसैले अहिले भएको लगानीलाई एग्रेसिभ भनेर अर्थ लगाउन मिल्दैन। 
 
अर्थतन्त्रमा पैसा परिचालन नहुँदा समस्या आएको हो। त्यो समस्याले बैंकलाई पनि छोएको हो। सरकारले बेलैमा खर्च गर्दैन। एकैनासले सरकारले खर्च गरिदिने हो भने यस्ता समस्या कहिले पनि आउँदैन थियो। बैंकहरु पनि आफ्नो गतिमा चल्थे। सरकारको विकास खर्चका कारण आर्थिक वृद्धिमा पनि सहयोग पुग्थ्यो। सरकारको खर्च गर्ने तरिका जेठ/असारको सर्प मोटाएजस्तो हिसावको छ। सँधैभरी भ्यागुतो पाउने भए पो सर्प पनि एकै नासको देखिन्थ्यो। जेठ असारमा मात्र पाउँछ अनि उसको आकार कतै फुलेको त कतै सुकेको देखिइहाल्छ नि। अहिले भएको त्यही हो। अर्थतन्त्र नै अहिले त्यसरी चलेपछि कसलाई दोष लगाउने? राष्ट्र बैंकले आफ्नो हिसावले काम गरिरहेको छ। बैंकहरुले पनि नियमनभित्र रहेर काम गरेका छन्। 
 
बैंकहरुले पाँच बर्षे प्लान भनेर बनाउँछन् तर उनीहरुको अभ्यास चै तीन महिने प्लानमा हिँडेजस्तो देखिन्छ। दीगो र दीर्घकालिन हिसावले चलेको भए त यस्तो समस्या नआउनु पर्ने हो नि?
अब बैंकलाई मात्रै एक्ल्याउने हो भने तपाईले भनेको सही हो। बैंकलाई एक्ल्याउनु हुन्न। हाम्रो अर्थतन्त्र कस्तो छ त? राज्यले जम्मै खर्च जेठमा गर्छ त समस्या भइहाल्छ नि।
 
अनि प्लान किन पाँच बर्षे बनाउने त?
प्लानमा पनि डेभिएसन त हुन्छ नि। बाटै फरक चढेको त होइन नि बैंकहरु। अर्थतन्त्रले धेरै कुरा गाइड गर्ने रहेछ। यहाँ बैंक, न व्यवसायी कसैले पनि ब्याज दरको प्रेडिक्सन गर्न सक्दैनन्। यो भनेको सरकारी खर्चका कारणले नै हो। यसमा बैंकको पनि कमजोरी होला तर राज्यले समान र सन्तुलित हिसावले चल्ने हो भने सबै क्षेत्र सन्तुलित भइहाल्छ। अहिलेको समस्या तरलताभन्दा पनि लगानी गर्ने पैसाको अभाव हो। यो त निक्षेप क्रिएसनमा ठोकिन्छ। निक्षेप क्रिएसन हुन केही न केही गतिविधि हुनु पर्छ। अहिले त्यो आर्थिक गतिविधि रोकिएको छ। गतिविधि नभएपछि निक्षेप आउँदैन र बैंकको सिसिडी थोरै लगानी गर्दा पनि बढेर जान्छ। राष्ट्र बैंकले उपलब्ध गराउने तरलताले सिसिडी घटाउन मद्दत गर्दैन। 
 
राज्यले पैसा बैंकमा राखिदियो भने सबै समस्याको समाधान हुन्छ। राज्यको पैसा त्यसै थुप्रिँदा न उसले ब्याज पाउँछ। त्यो पैसा बैंकमा आएमा उसले ब्याज पनि कमाउँछ। ब्यापारी व्यवसायीले सस्तोमा ऋण पाएर काम गर्ने मौका पनि पाउँछन्। चौतर्फी फाइदा छ सरकारी पैसा बैंकमा राख्ने ब्यवस्था मिलाउँदा। राष्ट्र बैंक र बैंकहरुले मात्र अर्थतन्त्रलाई माथि लैजान सक्दैनन। पैसाको मूल्य तोक्न सक्दैनन्। राज्यका निकायले पनि यसमा सोच्नु पर्छ।
 
तपाईहरु मौद्रिक नीतिबाट गाइडेड हुनु पर्ने तर वित्त नीतिबाट भइरहनु भएको छ। अनि समस्या आउँदैन र?
मौद्रिक नीतिले २० प्रतिशतको कर्जा विस्तार भनेको छ। अहिले १७ प्रतिशतको बृद्धि छ। यही हिसावले बृद्धि गर्ने हो भने पनि एक बर्षमा १७ प्रतिशतले मात्र कर्जा विस्तार हुने भयो। हरेक दिन २० प्रतिशतको ग्रोथ चाहिएको छ। राज्य संयन्त्रले पैसा थुपारेर राख्ने होइन। मोविलाइज गर्ने हो। राजस्व उठाउने तर खर्च नगर्ने भएपछि चक्र नै विग्रिन्छ त्यही चक्र विग्रिएर अहिले समस्या आएको हो। पैसालाई चलायमान बनाउने दायित्व सरकारको हो। सरकार चलायमान नगरी थुपारेर राख्छ भने बैंकका कारण तरलता अभाव भयो भन्न मिल्दैन नि।
 
लोनएवल फण्डको क्राइसिस कहाँ गएर हल हुन्छ भन्न यसै सकिने अवस्था छैन। बैंकहरु एकदमै टाइट पोजिसनमा बसेका छन्। नयाँ मान्छेले उद्यम गर्छु भन्यो भने अहिले बैंकले पैसा दिने अवस्था छैन। अवसर त खेर गयो नि। यसको घाटा अल्पकालमा बैंकलाई लाग्ला तर सरकारले त धेरै ठूलो कुरा गुमाउँछ नि। 
 
अब सोलुसन के त?
निक्षेप विस्तार गर्न सरकारले खर्च गर्नै पर्छ। थुपारेर राख्नु हुँदैन। यहाँ व्यवसायीले पैसा नभएर काम गर्न नपाउने अवस्था छ। ठेकेदारहरुले नै पैसा नपाएको अवस्था छ। लोनएवल फण्डको क्राइसिस कहाँ गएर हल हुन्छ भन्न यसै सकिने अवस्था छैन। बैंकहरु एकदमै टाइट पोजिसनमा बसेका छन्। नयाँ मान्छेले उद्यम गर्छु भन्यो भने अहिले बैंकले पैसा दिने अवस्था छैन। अवसर त खेर गयो नि। यसको घाटा अल्पकालमा बैंकलाई लाग्ला तर सरकारले त धेरै ठूलो कुरा गुमाउँछ नि। 
 
अब ग्लोबल आइएमइ बैंकतिरै फर्कौं। बैंक ठूलो मासमा पुगेको छ। मासले माया पनि गरेको छ। तर पछिल्लो समय बैंकको सेवा खस्किँदै गएको गुनासो पनि आउने गरेको छ। भनेको बेला एटिएम चलेको हुँदैन। अनलाइन बैंकिङ त्यस्तै। काउन्टरमा तीन घण्टा बढीको लाइन बस्नु पर्छ। यसलाई सुधार्ने योजना के छ?
यसलाई मैले विशेष प्राथमिकतामा राखेको छु। मलाई पनि गुनासो आइरहेका छन्। रिक्स मिटिगेसनमा काम गर्दै सेवा सुदृढ बनाउने काम म आफ्नो चार बर्षमा गर्छु नै। यसका लागि आवश्यक गाइडलाइन बनाउने काम भइरहेको छ। मूख्य मूख्य आउटलेट जहाँ ग्राहक बढी छन् त्यहाँ कस्टमर सर्भिसको सर्वे गराउन लागिरहेको छु। कतिपयलाई एउटा सुविधा चाहिएको हुन्छ तर अर्कैतिर लाइनमा बसिरहेको हुन्छ। यसमा ठोस काम गर्ने प्रकृया सुरु भइसकेको छ। कस्टमर इन्टरटेनमेन्ट अफिसर भनेर नै राख्ने योजनामा छु। उसले कस्तो खालको समस्या हो त्यो बुझेर जसले समाधान गर्न सक्छ त्यो डेक्समा लैजाने काम गर्छ। 

Share this Story

   

बैंकका कारण समस्या आएकै होइन, पुरानो ढर्राबाट चल्दैन, ग्लोबल आइएमइका सिइओ पौडेलको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.