राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि अायोगले दलहरूका प्रमुखसँग छलफल गर्ने




काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी छलफल गर्न बिहिबार राजनीतिक दलहरुलाई बोलाएको छ। आयोगले बिहिबार साढे एक बजे निर्वाचनबारे छलफलको लागि राजनीतिक दलका प्रमुखलाई बोलाएको हो।



आयोगले आज प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा राष्ट्रिपतिलाई बुझाउने तयारी गरिरहेको छ। आयोगले सिफारिस सदस्यको नामावलीमा प्राविधिक त्रुटि सच्याउन दलहरुलाई दिएको समयसीमा साँझ ५ बजे सकिँदैछ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रतिनिधिसभा समानुपातिक परिणाम आजै राष्ट्रिपतिलाई बुझाउने छौँ। योसंगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि छलफल गर्न दल प्रमुखलाई बोलाएका हौँ।’

राष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने प्रावधान संविधानमा व्यवस्था छ। नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धि व्यवस्था गरिएको छ।

Share this Story

   

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि अायोगले दलहरूका प्रमुखसँग छलफल गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.