अन्तिम २० मिनेटमा बढ्यो शेयर बजार, कारोबार रकम समेत बढ्यो, शेयर बढ्नुमा यस्तो छ कारण




काठमाडौँ।वुधबार शेयर बजार अन्तिम २० मिनेटमा बढेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक बुधवार ८.६५ अंकले बढेर १३८८.९४ अंकमा कायम भयो।



कारोबारको पहिलो एक घण्टा २ अंक बढेको बजार त्यसपछि लगातार घटेको थियो। तर अन्तिम २० मिनेटमा बजारमा तीब्र वृद्धि हुँदा बजार बढेर बन्द भएको हो। केही दिनमै नयाँ सरकार गठन हुने देखिएपछि  लगानीकर्ताको मनोबल बढेको एक लगानीकर्ताले बताए।बुधवार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५१ अंकको वृद्धि संगै २९३.५८ अंकमा उक्लिएको छ।

बुधबार १ सय ५५ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३८ करोड ६४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो कारोबार दिन भन्दा कारोबार रकम १४ करोड रुपैयाँ बढी हो। गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

१० समुहको कारोबारमा सात समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेका छन्। बैंक ५.६१, ट्रेडिङ ०.२६, होटल १०.३२, विकास बैंक २.७२, जलाविद्युत १८.२, बीमा १२१.५२ र लघुवित्त २०.५५ अंकले बढेका छन्। फाइनान्स २.७९, उत्पादन मूलक ३.५६ र अन्य १.५४ अंकले घटेका छन्। आरएसडीसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।              
                             



Share this Story

   

अन्तिम २० मिनेटमा बढ्यो शेयर बजार, कारोबार रकम समेत बढ्यो, शेयर बढ्नुमा यस्तो छ कारण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.