तीन निर्जीवन बीमा कम्पनीले पाए सञ्चालनको अनुमति, तीन महिनाभित्रमा कारोबार थाल्नुपर्ने




काठमाडौं। बीमा समितिले तीन निर्जीवन बिमा कम्पनीलाई सञ्चालनको स्वीकृति दिएको छ।



बीमा क्षेत्रको नियमनकारी निकाय समितिले सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीलाई सञ्चालनको स्वीकृति दिएको हो। योसँगै निर्जीवन बीमाको कारोबार गर्ने कम्पनीको संख्या २० पुगेको छ। 
 
समितिले उनीहरुलाई गत असोजमा सैद्धान्तिक सहमति दिएको थियो। समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरूलाई पूँजी कायम गरी आउन तीन महिनाको अवधि दिइएको थियो। केही दिनअघि बसेको समिति सञ्चालक समितिको बैठकले तीन कम्पनीलाई अन्तिम स्वीकृति दिएको हो।
 
समितिको निर्देशनअनुसार ती कम्पनीले यो अवधिमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी समितिसमक्ष प्रस्तुत गरेका थिए। सञ्चालन अनुमति पाएका कम्पनीले तीन महिनाभित्र आवश्यक पूर्वाधार तयारी गरी कारोबार सुरु गर्नुपर्नेछ। समितिले यसअघि ९ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो। 

Share this Story

   

तीन निर्जीवन बीमा कम्पनीले पाए सञ्चालनको अनुमति, तीन महिनाभित्रमा कारोबार थाल्नुपर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.