सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन, सुजुकीका १० वटा आधिकारिक शोरुममा कार्यक्रम

बिजमाण्डू
२०७४ फागुन २ गते १७:२० | Feb 14, 2018
काठमाडौं। सुजुकीका चारपाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनामा पनि निरन्तरता दिएको छ। 

Tata
GBIME
Nepal Life


उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका १० वटा आधिकारिक शोरुममा सञ्चालन गरिएको थियो। 
 
भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरमा यो कार्यक्रम सञ्चालन भएको थियो। कम्पनीले यस टेष्ट राइड कार्यक्रम हालसम्म ८ स्थानमा सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। 
 
कम्पनीका अनुसार माघमा ७१४ जना टेष्ट राइडर सहभागी भएका थिए। सहभागी भएका ग्राहकहरुले सकारात्मक धारण व्यक्त गर्दै सुजुकी सेलेरियो एक परफेक्ट फेमिली कार रहेको बताएका छन्। हरेक टेष्ट राइडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना उपभोक्ताले बम्पर १ लाख क्यास ब्याक जित्ने कम्पनीले जनाएको छ।