ओप्पोको लिमिटेड एडिसन सार्वजनिक, फेसियल रिकग्निशन भएको सेट साढे ३६ हजारमा पाइने

बिजमाण्डू
२०७४ फागुन ३ गते १६:५७ | Feb 15, 2018

काठमाडौं। सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा ओपो एफफाइभको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक गरेको छ । आकर्षक नीलो रंगमा सार्वजनिक यो फोनले एफफाइभको लिमिटेड एडिशनको मूल्य ३६ हजार ४ सय ९० निर्धारण गरिएको  कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले लिमिटेड एडिसन क्लासिक र बोल्ड रंगमा उपलब्ध भएको जानकारी दिए। ओपो एफफाइभ सिरिजका अन्य मोडलहरुमा जस्तै ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा पनि पर्सनलाइज्ड ब्यूटीका लागि एआई ब्यूटी रिकग्निशन प्रविधि उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको एआई प्रविधिले तस्विरमा रहेका ब्यक्तिको मुहार आकृतीका बारेमा सुचना संकलित गर्दै केन्द्रिकृत डाटाबेस मार्फत तिनका बारेमा जान्ने तथा सिक्ने क्षमता राख्ने बताइएको छ।

कम्पनीका अनुसार यो सेटमा एफ २.० एपर्चर सहितको २० एमपी फ्रण्ट क्यामेरा र एफ १.८ एपर्चर सहितको १६ एमपी क्षमताको रियर क्यामेरा जडान गरिएको छ ।

यसैगरी यो मोडलको फोनको आकारमा बृद्धि विना नै ६ ईञ्चको फुल–स्क्रिन एफएचडी डिस्प्ले उपलब्ध गरिएको बताइएको छ । यसमा अपनाइएको कट–अफ्स विनाको स्लिक यूनिबडी डिजाइनले हेर्दा पातलो प्रिमियम अनुभव दिने पनि कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सेटमा प्रयोगकर्तालाई फोन अनलकका लागि नयाँ फेसियल रिकग्निशन प्रविधि सहितको फेशियल अनलक सुविधापनि उपलब्ध गरिएको छ ।