आइएमई जनरल इन्स्योरेन्सको शाखा घोराहीमा खुल्यो, थप १३ स्थानमा शाखा विस्तारको तयारी

बिजमाण्डू
२०७४ फागुन ३ गते १९:१३ | Feb 15, 2018
आइएमई जनरल इन्स्योरेन्सको शाखा घोराहीमा खुल्यो, थप १३ स्थानमा शाखा विस्तारको तयारी
काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले दाङको घोराहीमा शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा महासंघका सदस्यहरु भरतराज आचार्य तथा ध्रुवराज श्रेष्ठ भारीले गरेका छन्।
 
कार्यक्रममा ढकालले कम्पनीले भविष्यमा ग्राहकलाई सर्वसुलभ रुपमा बीमा सेवा प्रदान गर्दै निर्जीवन बीमाको क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुने बताए। 


 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए। 
 
कम्पनीले २७ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४१ स्थानबाट सेवाग्राहीलाई बिमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले छिट्टै नै थप १३ शाखा तथा उपशाखा कार्यालयहरु खोल्ने तयारी गरेको छ। 
 
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ३२ हजार १५५ बीमालेखबाट करिब ४३ कारोड बीमा शुल्क आर्जन गरी ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ। 

Tata
GBIME
Nepal Life