सूचीकृत १०७ कम्पनीले गरे लाभांश घोषणा, नगदभन्दा बोनस शेयरमा बढी, कसको कति लाभांश?

बिजमाण्डू
२०७४ फागुन ४ गते १४:०८ | Feb 16, 2018
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १०७ कम्पनीले गतवर्षको मुनाफाबाट लाभांश घोसणा गरेका छन्। लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी युनिलिभर नेपालले १२ सय ७० प्रतिशत गरेको छ। सबैभन्दा कम नेपाल इन्स्योरेन्सले २.२६ प्रतिशत मात्र गरेको छ। 
 
लाभांश घोषणा गर्ने १०७ कम्पनीमध्ये ७६ वटाले १५ प्रतिशत माथि लाभांश दिएका छन्।    
 
बढी लाभांश दिने १० कम्पनीमा उत्पादनमूलक समूह, बैंक, लघुवित्त र अन्य समूहका छन्। १० मध्ये ६ वटा लघुवित्त समूहका हुन्। 
 
समुहगत रुपमा बाणिज्य बैंक समुहबाट २० वटा बैंकले लाभांश दिएका छन्। बाणिज्य बैंक समुहबाट सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकले १०५.२६ प्रतिशत लाभांश दिएको छ। सबैभन्दा कम मेगा बैंकका शेयरधनीले ९.४५ प्रतिशत लाभांश पाएका छन्। 

विकास बैंक समूहबाट मितेरी डेभलपमेन्टका शेयरधनीले ३३.१४ प्रतिशत लाभांश पाएका छन्। सबैभन्दा कम सप्तकोशी डेभलपमेन्टका शेयरधनीले ५.३ प्रतिशत लाभांश पाएका छन्।१९ विकास बैंकले लाभांश घोषणा गरेका छन्। 

फाइनान्स कम्पनीबाट सात कम्पनीले लाभांश दिएका छन्। सबैभन्दा बढी सिर्जना फाइनान्सका शेयरधनीले ३४.२१ प्रतिशत लाभांश पाएका छन् भने कम मन्जुश्री फाइनान्सका शेयरधनीले ६.३२ प्रतिशत लाभांश पाएका छन्।

३२ लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा  सबैभन्दा बढी निर्धन उत्थानका शेयरधनीले ८०.७१ प्रतिशत लाभांश पाएका छन् भने कम सिभिल लघुवित्तका शेयरधनीले ४.७३ प्रतिशत लाभांश पाएका छन्। 

बीमा समुहबाट १२ कम्पनीले लाभांश पाएका छन्। बीमामा शिखर इन्स्योरेनले सबैभन्दा बढी ३०.५२ प्रतिशत लाभांश दिएको छ। यस वर्ष सबैभन्दा कम दिनेमा नेपाल इन्स्योरेन्स छ।

Tata
GBIME
Nepal Life