रेनल्टको टेस्ट ड्राइभमा पचास जना सहभागी, क्वीडले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने

बिजमाण्डू
२०७४ फागुन ५ गते १९:३४ | Feb 17, 2018
रेनल्टको टेस्ट ड्राइभमा पचास जना सहभागी, क्वीडले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने
काठमाडौं।रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले रेनो क्वीड टेस्ट ड्राइभ र कार डिस्प्ले इभेन्ट गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार भएको कार्यक्रममा रेनो १.० लिटर सेग्मेन्टका ग्राहकका लागि लक्षित कार्यक्रम रहेको कम्पनीले जनाएको छ।रेनो क्वीड १.० ‘लिइभ फर मोर’ नामाकरण गरिएको यो कार्यक्रममा ग्राहकले टेस्ट ड्राइभ र कारको बिषयमा जानकारी पाएको कम्पनीले जनाएको छ।
 

कार्यक्रमले रेनोका ग्राहकहरुलाई बिक्री अघि कारको बारेमा जान्ने अबसर प्रदान गरेको थियो ।कम्पनीका अनुसार ग्राहकले क्वीडका फिचरहरुलाई नजिकबाट नियाल्ने अवसर पाए। नक्सालको निलगिरी रेष्टुरेन्टमा गरिएको कार्यक्रममा ५० जना ग्राहकले टेष्ट ड्राइभ गरेका थिए।
 
कम्पनीका अनुसार क्वीडले प्रति लिटर २५.१७ किलोमिटर माइलेज दिन्छ। गाडीको ग्राउण्ड क्लिएयरेन्स १८० एमएम र ७ इन्चको टचस्क्रीन इफोरटेनमेन्ट सिस्टम जडान भएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार रिमोट कन्ट्रोल लकिङ सिस्टम जडान भएको छ ।