एनआईसि एसियाले जित्यो इन्टर-बैंक फुटसल, आयोजक इन्भेष्टमेन्ट बैंक बन्यो उपबिजेता

बिजमाण्डू
२०७४ फागुन ६ गते १५:३४ | Feb 18, 2018

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ३२औं वाषिकोत्सवको अवसरमा आयोजना गरेको इन्टर–बैंक फुटसल प्रतियोगितामा एनआईसि एसिया बैंक बिजयी भएको छ।

Tata
GBIME
Nepal Life


फाइनल खेलमा एनआईसिले ट्राईब्रेक्ररमा ३–२ को अन्तरले नेपाल इन्भेष्टमेण्ट बैंकलाई हराएको थियो। उक्त प्रतियोगितामा १५ वटा बैंकका १६ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा एनआईसि एसियाका अनिल ढकाल उत्कृष्ट गोल किपर घोषित भए। बिजयी टिमलाई नेपाल इन्भेष्टमेण्ट बैंकका संचालकहरु प्रजन्य राजभण्डारी र भुवनेश्वर प्रसाद शाहले पुरस्कार वितरण गरेका थिए।

बिजेताले ट्रफी  सहित पोखराकोको टुर प्याकेज, उपबिजेता तथा अन्य विधाका बिजेताहरुले ट्रफी सहित नगरकोटमा एकदिनको रिफ्रेसमेन्ट प्याकेज पाएको बैंकले जनाएको छ।