उद्योगी कुशकुमार जोशीले भने- जिम्मेवार व्यवसाय नगर्नेलार्इ समाजले स्वीकार गर्दैन्

बिजमाण्डू
२०७४ फागुन ७ गते १३:३९ | Feb 19, 2018

काठमाडौं।नेपाल व्यवसायिक पहलका उपाध्यक्ष कुशकुमार जोशीले जिम्मेवार व्यवसाय नगर्ने उद्योग/व्यवसायलार्इ समाजले स्वीकार नगर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

संसदमा निर्वाचित एनबिआर्इका सदस्यहरुलार्इ सम्मान कार्यक्रममा उनले यो धारणा राखेका हुन्।एनबिआर्इका सदस्य उमेश श्रेष्ठ र एलपी साँवा लिम्बु सांसदमा निर्वाचित भएका छन्।जोशीले सबै उद्योगी व्यवसायीले आआफ्नो जिम्मेवारी वहन गरि असल अभ्यास अंगिकार गर्नुपर्ने बताए।एनबिआर्इका अध्यक्ष पद्म ज्योतीले निर्णायक तहमा पुगेका सांसदले एनबिआर्इले बोकेको मूल्य र मान्यता अनुसार काम गर्न सुझाब दिए।

एनबिआर्इका महासचिव सुरेन्द्रबीर मालाकारले संघियताको कार्यान्वयन गर्ने क्रममा कर लगायतका समस्या चाँडै संबोधन गर्नुपर्ने बताए।सभासद श्रेष्ठले संघियतासँगै उद्योगीका लागि अवसर चुनौति दुबै आएको बताउँदै उपयुक्त रणनीति अख्तियार गरे मुलुक समृद्ध हुने दाबी गरे।