तरलता अभावको असर हकप्रदमा, पर्याप्त आवेदन नपरेपछि हकप्रदको म्याद बढाउँदैछन् कम्पनी

बिजमाण्डू
२०७४ फागुन ८ गते १३:३५ | Feb 20, 2018

काठमाडौँ। पछिल्ला समय निष्कासन भएका कम्पनीहरुले हकप्रदमा आवेदन दिने म्याद बढाउने क्रम बढेको छ।

Tata
GBIME
Nepal Life

बजारमा देखिएको तरलता समस्याको असर हकप्रद आवेदनमा समेत देखिन थालेको हो। पछिल्लो समय निष्कासन भएका सिभिल बैंक, सेन्चुरी बैंक, मेघा बैंक, सांग्रिला डेभलपमेन्ट बैंकले पर्याप्त आवेदन नपर्दा हकप्रदको म्याद बढाएका थिए।

बजारमा बैंक वित्तीय संस्थाको पूँजी वृद्धि भएसंगै शेयरधनीको संख्या बढेको कारणले कम्पनीहरुले हकप्रदको म्याद बढाएका हुन्। "शेयरधनी बढेका छन्, उनीहरुलाई सहभागी गराउन म्याद बढाउनु परेको हो" एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले भने।

बजारमा तरलता अभाव भएको असर हकप्रदमा देखिन थालेको छ। लगानी योग्य पूँजी अभाव हुँदा शेयरधनीलाई हकप्रदमा पैसा हाल्न समस्या पर्दा पर्याप्त आवेदन पर्न छाडेको छ। "शेयरधनीसँग लगानीयोग्य रकम अभावले पर्याप्त आवेदन नपरेको हुन सक्छ" घिमिरेले भने।

हाल बजारमा हाल १४ कम्पनीले हकप्रद निष्कासन खुला छन् जसमा ग्रीन डेभलपमेन्ट बैंकले आजै सूचना जारी गर्दै हकप्रद भर्ने म्याद बढाएको  छ।

बैंकले १५ दिन म्याद थप गर्दै फागुन २३ गतेसम्म हकप्रद आवेदन लिने भएको छ। बैंकले गत माघ दुई गतेदेखि फागुन आठ गतेसम्म एक शेयर बराबर चार शेयरको अनुपातमा हकप्रद निष्कासन गरेको थियो। बैंकले एक सय रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।