दुर्इ कम्युनिष्ट पार्टी एकीकरणले थामिएन शेयर बजार, शेयर बजारमा दोहोरो अंकको गिरावट

बिजमाण्डू
२०७४ फागुन ८ गते १६:१४ | Feb 20, 2018
काठमाडौँ। नेकपा एमाले र माओवादीकेन्द्र बीच एकताका लागि सात बुँदे सहमतिले शेयर बजारमा रौनक ल्याएन।मंगलबार शेयर बजार दोहोरो अंकले घट्यो। 
 
नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १७.१८ अंकले घटेर १३९६.७२ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले घटेर २९५.५० अंकमा ओर्लिएको छ। बजार बढ्ने ठोस आधार नभएको बेलामा राजनैतिक परिवर्तनले टेवा दिन नसक्ने इन्भेस्टर फोरमका पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताए। हाल बजार घट्दो साइकलमा रहेको र बैंक ब्याज दर पनि बढ्दो अबस्थामै रहेकोले बजार घटेको उनले बताए।
 
मंगलबार १ सय ६० कम्पनीका १३ लाख कित्ता शेयर ४० करोड रुपैयाँमा खरीद बिक्री भयो। मंगलबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ७० लाख रुपैयाँको कारोबार भयो। 
 
१० समुहको कारोबारमा आठ समूह घटेको छन् भने दुई समूह बढेका छन्। बैंक १५.३९, ट्रेडिङ ३.०४, विकास बैंक १८.२८, जलविद्युत २५.४२, फाइनान्स २.८८, बीमा ११०.५६, उत्पादनमूलक समूह ५०.२६ र लघुवित्त ३७.५१ अंकले घटेका छन्। होटल ३.३५ र अन्य ०.३८ अंकले बढेका छन्। 
प्रोगेसिभ फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत कमाए। समिट माइक्रोफाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।                               
 

Tata
GBIME
Nepal Life