सुरु भयो फिफा विश्वकप ‘फिभर’, कोकाकोलाले ल्यायो विश्वकप योजना, ४० जना रसिया जान पाउने

बिजमाण्डू
२०७४ फागुन ८ गते १६:३२ | Feb 20, 2018
काठमाडौं।'कोक खाम, रसिया जाम' योजनाअन्तर्गत ४० जना भाग्यशाली विजेताले यही वर्ष रसियामा हुने फिफा विश्वकप फुटबल प्रत्यक्ष हेर्न जान पाउने भएका छन्।
 

कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो।यो योजना अनुसार ग्राहकले जीवनमा एकपटक आउने विश्वकप हेर्न पाउने कम्पनीले जनाएको छ।कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोकाकोलाको अहिलेसम्मकै सबैभन्दा ठूलो क्याम्पेन रहेको बताउँदै ४० जना भाग्यशाली विजेताले विश्वकप हेर्न पाउने बताए।

Tata
GBIME
Nepal Life

'दिस इज लार्जेस्ट एभर क्याम्पेन बाइ कोक कोक खाम रसिया जाम। यो लास्ट इअरको भन्दा १०औँ गुणाले बढी हो। गत वर्ष कोकाकोलाको योजना अन्तर्गत ४ जनाले विश्वकप हेर्ने मौका पाएका थिए।'उनले भने।यो योजनामा १२ हजार ६ सय विजेताले फिफाको लोगो अंकित विशेष उपहार जित्न सक्ने उनले बताए।

 
कम्पनीका प्रबन्ध निर्देशक पुनित बार्श्नेले नेपालमा हुन लागेको यो अहिलेसम्मको ठूलो क्याम्पेन रहेको बताए। 'फुटबल नम्वर वान स्पोर्ट्स रहेको र त्यसमा जोडिन पाउँदा एकदमै खुशी छौँ।'
 
कम्पनीका अनुसार प्रत्येक दिन २ सय उपभोक्ताले आकर्षक पुरस्कार जित्न सक्नेछन्। फिफा लोगोअंकित विशेष उपहारहरु स्पिकर हेडफोन पेनड्राइभ लगायत उपहार जित्न सक्नेछन् भने प्रत्येक दिन २ जनाले २४ इन्चको टेभिलिजन जित्न सक्नेछन्।यो योजना अप्रिल १५ सम्म संचालन हुनेछ। यो अफरमा ३ सय एमएल, ५ सय एमएल, १ लिटर २.२५ लिटर, फ्यान्टा अरेन्ज, फ्यान्टा लेमन, स्प्राइट र कोक जिरोमा लागु हुनेछ। यो क्याम्पेनमा १८ वर्ष पूरा गरेका नेपाली नागरिकले भाग लिन पाउनेछन्।
 
यस योजनामा सहभागी हुने उपभोक्ताले बोटलको लेभल पछाडी रहेको १० अंकको युनिकोट ३७७२२ मा एसएमएस गर्नुपर्नेछ। राती १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस लक्की ड्रमा समावेश गरिने छ।