‘भिजन फाइभ मिलियन’: सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने, यसरी गर्न सकिन्छ विकास

बिजमाण्डू
२०७४ फागुन ९ गते १५:०६ | Feb 21, 2018
‘भिजन फाइभ मिलियन’: सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने, यसरी गर्न सकिन्छ विकास

काठमाडौं। सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउन प्यासेफिक एशिया ट्राभल एसोसिएसन (पाटा)ले ‘भिजन फाइभ मिलियन’ प्रोजेक्ट सुरु गरेको हो। हाल यो परियोजना कार्यान्वयनकालागि पाटाले सरकारसँग समन्वय गर्न सुरु गरिसकेको छ। पर्यटनबाट आर्थिक  बिकासकालागि  हामीले ‘भिजन फाइभ मिलियन’लाई अगाडि बढाउने योजना बनाएका हौँ।

Tata
GBIME
Nepal Life

भूकम्पपछि सन् २०१५ मा पर्यटक संख्या २० प्रतिशतले वृद्धि भएको थियो  भने सन् २०१७ मा ३७ प्रतिशतले वृद्धि  भएको थियो। वार्षिक १३.२ प्रतिशतले पर्यटकको संख्या बढाउन सकिएमा २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउन हामीलाई कुनै गाह्रो छैन।

वार्षिक १३.२ प्रतिशत पर्यटक वृद्धिका लागि एउटा भिजन त बोक्नै पर्छ। त्यसैकालागि हामीले ‘भिजन फाइभ मिलियन’लाई माध्यम बनाएका छौँ।
अहिले छिमेकी राष्ट्र चीन र भारतमा प्रतिश्पर्धात्मक रुपमा  मिडल क्लास इकोनोमी वृद्धि भइरहेको छ। चीनमा वार्षिक ७ प्रतिशतले पर्यटक वृद्धि भएको छ भने भारतमा ५ प्रतिशतले पर्यटक वृद्धि भएको छ।

हाल १० लाख पर्यटकबाट ५० अर्ब भित्रिएको छ भने ५० लाख पर्यटक भित्र्याइयो भने ३ खर्ब सजिलै भित्र्याउन सकिन्छ। हाल ५० लाख नेपाली वैदेशिक रोजगारमा लागेका छन्, भिजन फाइभ मिलियनले ३० लाखको रोजगारी पनि सिर्जना गर्नेछ। भविष्यमा जब ‘मार्केट ग्रोथ’ भएर ‘क्यास फ्लो’ हुन थाल्छ त्यतिखेर नेपालको आर्थिक विकासमा ठूलो योगदान दिनेछ।

अरु मुलुकको टुरिजम् ग्रोथ हेर्ने हो भने कम्बोडिया, म्यानमार लगायतका राष्ट्र उदाहरण छन्। कम्बोडियामा १९ वर्षअघि पर्यटन सुरु भएको हो। अहिले ५० लाख पर्यटक आवतजावत गर्छन्। ११ वर्ष अगाडि पर्यटन सुरु भएको म्यानमारमा अहिले ४० लाख भन्दा पर्यटक आवतजावत गर्छन्। यी मुलुकलाई हेर्ने हो भने नेपालमा आउँदो १२ वर्षमा ५० लाख पर्यटक बढाउन सक्ने सम्भावना धेरै छ।

अहिले मुलुकमा होटल, एयरपोर्ट, राजमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकास भैरहेकाले 'टाइम फेबरेबल' छ। अहिले यथास्थितीमै टुरिजम् क्षेत्रमा ३४ प्रतिशतले ग्रोथ गरिरहेको बेलामा १३.२ प्रतिशत वृद्धि विस्तार गर्न कुनै गाह्रो छैन। अहिले हामीले विभिन्न क्षेत्रमा कार्य गर्ने योजना बनाएका छौँ।

नेपालमा आज सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजमार्गको विकास हो। टुरिजम् डिस्ट्रिब्यूसनकालागि राजमार्गले ठूलो भूमिका खेलेको हुन्छ। चार लेनको पूर्व पश्चिम द्रुत राजमार्ग बनाउन सकिएमा एकैदिनमा मेचीदेखि महाकालीको यात्रा गर्न सकिन्छ। केरुङ, कोदारी, मुस्ताङ, गोरखा लगायतका क्षेत्रमा उत्तर दक्षिण क्षेत्रमा करिडोर बनाउन सकियो भने पहाडी इलाकामा पूर्वाधारको विकास हुन्छ।

पूर्व पश्चिम राजमार्गको रेलमार्ग र राजमार्गले ‘एक्स्टर्नल मुभमेन्ट’मा सहयोग पुर्याउँछ। उत्तराखण्डको मान्छे नेपालको बाटो हुँदै सिलगुडी जान सक्छन् भने आसामको मान्छे नेपालको बाटो देहरादुन जान सक्छन्।


(फाइल फोटो)

पहाडी राजमार्ग यात्रा गर्दा अहिले रामनाम जपेर हिँड्नुपर्ने अवस्था छ। भ्रमण गर्दा दुई लेनको सेफ रोड भए पुग्छ। त्यसका लागि ड्राइभिङ शिक्षा र ड्राइभिङ अनुशासन आवश्यक छ। उत्तर दक्षिण पर्यटकले गाडीमा ट्राभल गर्दा निर्धक्क पहाडी धरातलको दृश्यावलोकन गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो।
यसैगरी अहिले एयरपोर्ट र एयरलाइन कनेक्सनको आवश्यकता देखिएको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ३० लाख पर्यटक आवतजावत गर्न सक्ने क्षमता वृद्धि गर्नुपर्छ।

अहिले निजगढ, पोखरा, लुम्बिनी लगायतका स्थानमा एयरपोर्ट निर्माण भइरहेको छ। विभीन्न क्षेत्रमा एयरपोर्ट निर्माण भइरहेका छन्। यसले पर्यटन प्रवर्द्धनमा निकै सहयोग हुनेछ। फ्लाइट डिले, एयर ट्राफिक लगायतका समस्या हट्नेछन्।  

युरोपमा पर्यटन क्षेत्र फस्टाउनुको मुख्य कारण सस्तो एयरलाइन्स हो। विदेशमा ‘लो कस्ट एयरलाइन’लाई एयरपोर्ट शुल्क पनि कमै हुन्छ। सस्तो एयरलाइनलाई सस्तो शुल्क लगाउने हो भने चीन, भारत लगायतका मुलुकका एउटा प्रान्तमा नेपालका हवाइ कम्पनीले हरेक दिन एउटा उडान गर्न सजिलै सक्छ।

डोमेस्टिक उडान सस्तो बनाउनका लागि लो कस्ट एयरपोर्टले सपोर्ट गर्छ। त्रिभुवन एयरपोर्टमा अहिले अन्तर्राष्ट्रियस्तरको शुल्क छ तर सेवा भने छैन। स्मार्ट एभिएसन सिस्टम विस्तार गर्न निकै जरुरी देखिएको छ।
 

नेपालमा रहेको विभीन्न गन्तब्य स्थलको राम्रोसँग बजारीकरण भएको छैन। कन्जुमर मार्केटिङ र ट्रेड मार्केटिङ योजना बमोजिम एक्सप्लोर भएको छैन। योजनाबद्ध रुपमा कतिपय मार्केट एक्सप्लोर हुन बाँकी नै छन्। अफ्रिका, अरेबिया लगायतका मुलुकमा राम्रो मार्केटिङ भएको छैन। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको राम्रो प्रचार प्रसार भए मात्र पनि हामीले २० लाख पर्यटक भित्र्याउन सक्छौँ। नयाँ उत्पादनलाई ‘लजिकली मार्केटिङ’ गर्न जरुरी छ। नेपालका कतिपय पर्यटकीय स्थललाई चिनाउन पूर्ण रुपमा तयारी भएको छैन।

प्रोडक्ट डेभलपमेन्टमा पर्यटकको आकर्षणका लागि विभिन्न क्षेत्रको छुट्टै पहिचानयुक्त गन्तब्यस्थल बनाउनैपर्छ।  पर्यटकको चाप घटबढ हुनु बनाइएको पोलिसीमा भर पर्ने कुरा हो। सरकारले हामीले बनाउने पोलिसीले नेपाल ‘वेलकमीङ टुरिजम डेस्टिनेशन’ रहेको कुरा प्रतिविम्बीत हुनुपर्छ।

यसैगरी योजनावद्ध रुपमा पर्यटन प्रवर्धनका लागि दक्ष जनशक्ति अनिवार्य चाहिन्छ। विश्वपर्यटन ५ प्रतिशतले वृद्धि भएको छ। वर्षैपिच्छे पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेको छ। दक्ष जनशक्तिको कमीले गर्दा वर्ल्ड टुरिजममा आगामी १० वर्षमा ६१० अर्ब डलर घाटा हुने सम्भावना छ।
हामीले यो प्रोजेक्ट मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएका छौँ। अन्तर्राष्ट्रिय पर्यटन बजारको आवश्यक्ता अनुसारको सेफ, रिसेप्सनिस्ट, होटल व्यवस्थापक, व्यवस्थापक लगायतका निम्न, मध्यम पद र उच्च पदका कर्माचारी उत्पादन गरेर स्वदेश तथा विदेशमा परिचालन गर्नुनै मुख्य उद्धेश्य हो।           
   
सरकारले पर्यटन व्यवसायीसँग साझेदारी रुपमा समन्वय गरेमा यो प्रोजेक्ट सम्भव छ। हाल टुरिजम अपग्रेड गर्ने राम्रो अवसर छ। यो उचित समयमा मौका गुमिहाल्यो भने क्राइसिस फेस गर्नुपर्ने हुन्छ। हाल नेपालमा अन्य देशमा जस्तै आउट बाउण्ड टुरिजम बढिरहेको अवस्था छ। बिदामा थाइल्याणड, दुबइ, मलेसिया, इन्डोनेशिया लगायतका राष्ट्रमा भ्रमण गर्ने नेपालीको संख्या बढ्दो छ।

‘इन-बाउण्ड’ टुरिजम प्रवर्द्धन गरेर भोलिका दिनमा ‘इनकम जेनरेट’ गर्न सकिएन भने एकतर्फी रुपमा ‘आउट-बाउण्ड’ टुरिजममात्र कायम रहन्छ। जसले गर्दा व्यापारमा प्रत्यक्ष घाटा पर्न जान्छ। अर्को तर्फ टुरिजममा पनि व्यापार घाटा हुन्छ।

अहिले टुरिजम मार्केटिङमा डिजीटलाइजेसन आइसकेको छ। अहिले ट्रेडिसनल मिडिया मार्केटिङबाट डिजिटल मिडिया मार्केटिङमा फड्को मारिसकेको छ। सोसियल मिडिया मार्केटीङमा 'इभरी वान क्यान बिकम एन एजेन्ट।' सोसियल मिडिया क्याम्पिङबाट हरेकले हजारौँलाई प्रभाव पार्न सक्छन्।
भविष्य नै प्रविधिमा छ। आज टेक्नोलोजीले द्रुत गति लिएको छ। 'इभ्री वान क्यान बी बेस्ट फोटोग्राफर', बेस्ट कन्टेन्ट राइटर एण्ड बेस्ट ग्राफिक डिजाइनर।’ टेक्नोलोजीले दिँदै गएको नयाँ सुविधालाई स्विकार गर्नुपर्छ।
 
(पाटाका पूर्व अध्यक्ष पाण्डेसँग बिजमाण्डूका बसन्तराज उप्रेतीले गरेको कुराकानीमा आधारित)