स्वदेशी लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल, सतप्रतिशत हकप्रद

बिजमाण्डू
२०७४ फागुन १० गते १८:१५ | Feb 22, 2018
काठमाडौं। स्वेदशी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। हकप्रद निष्काशनको लागि संस्थाले एनआर्इसी एशिया क्यापिटललार्इ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको हो। 
 
सम्झौतामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनिया र क्यापिटलको तर्फबाट झनकराज ढुङ्गेलले हस्ताक्षर गरेका छन्। 
 
क्यापिटलले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकसँगै पूँजी बजारमा लगानी व्यवस्थापन, सामूहिक लगानी कोष, निक्षेप सदस्य सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्दै आएको जनाएको छ। 

Tata
GBIME
Nepal Life