भिआइपीको दबाबमा दरबारमार्ग-कमलादी सडक विस्तार रोकियो, विस्तारमा कसको घर भत्किन्छन्?

बिजमाण्डू
२०७४ फागुन ११ गते १०:४४ | Feb 23, 2018

काठमाडौं।‘भिआइपी’को दबाबमा दरबारमार्ग-कमलादी सडक विस्तार गर्ने योजना रोकिएको छ।उपत्यका विकास प्राधिकरणले सडक विस्तारका लागि रातो चिन्ह समेत लगाएपनि’भिआइपी’ को दबाबपछि रोकेको हो।

Tata
GBIME
Nepal Life

यो क्षेत्रमा  पूर्व राजा ज्ञानेन्द्रकी बहिनी शोभा राज्यलक्ष्मी देवी शाहको घर,विभिन्न वाणिज्य बैंकका कार्यालय र मनी ट्रान्सफर कम्पनी छन्।भिआइपीको दबाबमा चिन्ह लगाएपछि टेण्डर नै गरिएन।‘भिआइपी’को दबाबका कारण यो सडक फराकिलो गर्ने काम रोकिएको छ , प्राधिकरण स्रोतले भन्यो,’तत्कालै यो सडक विस्तार हुँदैन।’

०३३ सालको मापदण्ड अनुसार यो सडक खण्डको चौडार्इ २२ मिटर हुनुपर्ने उल्लेख छ।सोही मापदण्डलार्इ आधार बनाएर यो सडक खण्डमा भएको १० देखि ११ मिटरसम्मको बाटोलार्इ २२ मिटरमा विस्तार गर्न लागिएको थियो।तर सडकमा देखिएको अवरोध हटाउन नसक्दा र सडक पनि छोटो भएकाले विस्तार कार्यलार्इ अघि नबढाएको प्राधिकरणले जिकिर गरेको छ।

यो क्षेत्र कर्पोरेट व्यापारिक हबका रुपमा स्थापित छ। सडकमा सामसङ प्लाजा बसेको ४.९मिटर,सिभिल बैंक बसेको भवन चार मिटर, बैक अफ काठमाडौको ५.२ मिटरमा चिन्ह लगाएर भत्काउनुपर्ने उल्लेख थियो। यस्तै ग्लोबल आइएमर्इ बैक र नविल बैकको कम्पाउण्डका ५.२ मिटर भत्काउनुपर्ने भन्दै चिन्ह लगाएको थियो।

प्राधिकरणका अनुसार  राइजिङ मल,सिटी एक्सप्रेस मनी ट्रान्सफरको केही भाग भत्काउनुपर्ने भन्दै चिन्ह लगाइएको थियो भने प्रज्ञा प्रतिष्ठानको समेत पाँच मिटर कम्पाउण्ड भत्काउनका चिन्ह लगाइएको थियो।अहिले यो चिन्ह सबै मेटिइसकेको छ।कतिपय स्थानमा नयाँ संरचना समेत बनिरहेको छ।त्यही क्षेत्रमा रहेको डल्ले रेष्टुरेन्टले चिन्ह लगाएको ठाउँमै नयाँ संरचना तयार पारिसकेको छ।

यो सडक विस्तारका लागि चिन्ह लगाउनेवित्तिकै राजा ज्ञानेन्द्रकी बहिनी शोभाले सर्वोच्चमा समेत मुद्दा दायर गरेकी थिर्इन्।  शाह लगायतको समुहले अहिलेको अवस्थामा योभन्दा फराकिलो बाटो आवश्यक नै नभएकोले बाटो विस्तार रोकिपाउँ भनी सर्वोच्चमा रिट दायर गरेका थिए।शोभाले उक्त सडकमा आफ्नो १५ रोपनी क्षेत्रफल भएको जमिन पर्ने उल्लेख गरेकी थिर्इन्।