टाटाको बहुप्रतिक्षित एसयुभी सेग्मेन्टको ‘नेक्सन’ बिक्री सुरु, मूल्य ३३ लाख रुपैयाँबाट सुरु

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ फागुन ११ गते ११:२९ | Feb 23, 2018
टाटाको बहुप्रतिक्षित एसयुभी सेग्मेन्टको ‘नेक्सन’ बिक्री सुरु, मूल्य ३३ लाख रुपैयाँबाट सुरु

काठमाडौं।टाटा मोटर्सको बहुप्रतिक्षित एसयुभी सेग्मेन्टको नेक्सन गाडी विहिबारदेखि बिक्री सुरु गरिएको छ।कमर्सियल सेग्मेन्टमा अग्रणी रहेको टाटाको प्यासेन्जर सेग्मेन्टमा यो प्रभावशाली डिजाइनको गाडी हो।

Tata
GBIME
Nepal Life

टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा बिक्री सुरु गरेको हो।गाडीको बिक्री शुभारम्भ सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबरा र टाटाका प्यासेन्जर भेहिकल विजनेश युनिट प्रमुख सुजन रोयले संयुक्त रुपमा गरे।यो गाडी पेट्रोल र डिजल दुर्इ भेरियन्टमा छ।कम्पनीले पेट्रोलको सुरुवाती मूल्य ३२ लाख ७५ हजार रुपैयाँबाट सुरु हुन्छ भने डिजल भेरियन्टको ४१ लाख ५५ हजार रुपैयाँबाट सुरु हुन्छ।

टाटाका विजनेस युनिट प्रमुख सुजन रोयले भने, 'टाटा नेक्सन उच्चतम चरणको परिवर्तन हो जसले टाटा मोटर्सको गतिशिल बजारलाई थप वृद्धि गर्नेछ।'
सिप्रदीका कार्यकारी अध्यक्ष राणाले भने, 'टाटा नेक्सन एसयुभी सेग्मेन्टमा पहिलो प्रवेश हो।यसअघि हामीले ह्याचब्याक र सेडान ल्याइसकेका छौं। टाटाको यो उच्चस्तरीय उत्पादनमा हामी गौरवान्वित छौं'

यो गाडीका एक्स इ, एक्स एम, एक्स टी र एक्सु टु प्लस मोडल छन्।नेक्सन भर्मोन्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी व्हाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार ग्राहकले नेक्सन खरीदमा ७५ हजार किलोमिटर वा तीन वर्षको वारेण्टी पाउन सक्नेछन्।कम्पनीले गत पुस १६ गतेदेखि नेक्सनको बुकिङ खुला गरेको थियो।भारतमा यो गाडी युवापुस्तामा लोकप्रिय छ।यो गाडीको प्रतिस्पर्धामा फोर्डको इकोस्पोर्ट,सुजुकी भिटारा ब्रेजा र रेनल्टको डस्टर छ।

कम्पनीका अनुसार अग्रिम बुकिङ गर्ने सय जनाले ७५ प्रतिशतलार्इ एक्सचेन्ज भ्यालु,एक वर्षको लागि निशुल्क तेल, एक वर्षको लागि फ्री सर्भिसिङ, एक सय बीस प्रतिशत रिफन्ड भ्यालु लगायतका सुविधा पाउनेछन्।नेक्सनको आंशिक डिजाइन ल्याण्ड रोभर र रेन्ज रोभर इभोकबाट प्रेरित छ। कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी मोडलमा नयाँ आयाम ल्याएको कम्पनीले जनाएको छ।

प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेल ल्याम्पयूक्त नेक्सनमा १६ इन्चको एलोइ व्हील, उत्कृष्ट फिटीङ, ड्यास टप एच डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ।पेट्रोल भेरियन्टको नेक्सन रिभोर्ट्न एक्सइ, एक्सएम, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोन क्रमशः ३२ लाख ७५ हजार, ३४ लाख ९५ हजार , ३९ लाख ९५ हजार र ४० लाख ५५ हजार रुपैयाँ मूल्य छ।

यसैगरि  डिजल भेरियन्टको नेक्सन रिभोर्ट्रन एक्सटी, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोनको मूल्य क्रमशः ४१ लाख ५५ हजार, ४४ लाख ५५ हजार र ४५ लाख ५५ हजार रुपैयाँ रहेको छ।