नेप्सेमा यो साता: कारोबार रकम बढ्यो, सूचक घट्यो, नेपाल लाइफको सबैभन्दा बढी कारोबार

बिजमाण्डू
२०७४ फागुन १२ गते १२:५८ | Feb 24, 2018
काठमाडौँ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा यो साता शेयर बजारमा कारोबार रकम बढेपनि कारोबार मापक सूचक उलेख्य रुपमा घटेको छ।

Tata
GBIME
Nepal Life

नेप्सेमा यो साता शेयर बजारमा १ सय ७६ कम्पनीको कारोबार भयो। १८ हजार ६ सय चार कारोबारबाट एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८७ हजार सात सय ३० कित्ता शेयर खरीद बिक्री भए।कारोबार रकमको आधारमा यस साता १०.७५ प्रतिशत बढी हो।गत साता १ सय ७९ कम्पनीका एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता शेयर खरीद बिक्री भएका थिए। 
 

कारोबारको लागि चार दिन खुला भएको शेयर बजारमा कारोबार मापक सूचक २६.९२ अंकले घटेर अन्तिम दिन १३८६.९८ अंकमा झरेको छ। कारोबारमा आएका उपसूचकमा सबै घटेका छन्। बाणिज्य बैंक २४.६६, विकास बैंक २७.७१, वित्त ८.१८, लघुवित्त ४५.८९, होटल २६.४१, जलविद्युत ४७, बीमा १८२.२, उत्पादनमूलक १८ र अन्य १.१३ अंकले घटेका छन्। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.९१ अंकले घटेर २९३.२५ अंकमा ओर्लिएको छ। 
 
यस साता कारोबार रकमको आधारमा ११ करोड २० लाख ६० हजार रुपैयाँको कारोबार गर्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ। यसैगरी तीन लाख ६४ हजार कित्ता शेयरको कारोबार गर्दै कारोबार कित्ताको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्र स्थान कायम गर्यो। 
 
सूचीकरण तर्फ सानीमा इक्विटी फण्डका १३ करोड इकाई यस साता सूचीकृत भएको छ। सूचीकृत इकार्इ आउँदो साताबाट दोस्रो बजारमा   कारोबार हुनेछ।