अर्थमन्त्री नियुक्त भएलगत्तै डा. युवराज खतिवडाले गरे पदभार ग्रहण, हेर्नुस् तस्बिर समाचार

बिजमाण्डू
२०७४ फागुन १४ गते १७:१५ | Feb 26, 2018

काठमाडौं। अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगत्तै उनी सिंहदरवार पुगेर कार्यभार सम्हालेका हुन्। 

Tata
GBIME
Nepal Life

खतिवडाले पदभार ग्रहण गर्दै वैशाख १ गतेबाट इपेमेन्ट लागू गर्ने प्रस्ताव सदर गरेका छन्। उनले पदभार ग्रहण गरेको तस्बिर र समाचार संकलन गर्न अर्थमन्त्रालय पुगेका पत्रकारहरुसँग ठट्टा गर्दै पत्रकारको भीड निकै बढेको बताए। 'हुन त अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन' उनले भने।