राजधानीका बिभिन्न मलहरुमा मोबाइल एक्सचेन्ज अफर, पुरानो मोबाइल दिँदा नयाँ पाउने

बिजमाण्डू
२०७४ फागुन १५ गते १८:३४ | Feb 27, 2018
राजधानीका बिभिन्न मलहरुमा मोबाइल एक्सचेन्ज अफर, पुरानो मोबाइल दिँदा नयाँ पाउने


काठमाडौं। राजधानीका बिभिन्न मल तथा मोबाइल आउटलेटहरुमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ। ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोबाइल दिएर मुल्यांकनका आधारमा नयाँ मोबाइल खरिद गर्नसक्ने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए।
 

Tata
GBIME
Nepal Life

'वाइ वन गेट वन फ्रि' अफर गर्दै आएको मोवाइल हबले पुरानो मोवाइल दिएर नयाँ मोवाइल लान पाउने अफर फागुन २३ गते सम्म संचालन हुने ग्लाइडरले जानकारी दिए।
 
उनका अनुसार मेला अवधिभर ग्राहकले विश्वबजारका विभीन्न ब्राण्डका मोबाइल सँग आफ्ना पुराना मोबाइल साँट्न पाउनेछन्।
   
मेला अवधिभर ग्राहकले सलमान खान र समुहको 'दबङ द टुर' फागुन २६ गते हुन गइरहेको कार्यक्रमको निशुल्क प्रवेश पास पाउन सक्ने उनले बताए।
 
उनका अनुसार केएल टावर, ताम्राकार कम्प्लेक्स स्थित सिटीसी मोबाइल, दरबारमार्ग स्थित एप्पल वर्ल्ड र सिटीसी मलस्थित वर्ल्ड भिजनमा मेला आयोजना भइरहेको छ।
 
मेलामा गल्फ खेल्ने, फोटो कन्टेस्टमा भाग लिने भाग्यशाली ग्राहकले आइफोन, ओप्पो एफ फाइभ, भिभोको भि सेभेन लगायतका उपहार जित्न सक्ने पनि उनले जानकारी दिए।