ग्यास बिक्रेता महासंघले भन्यो- 'कमिशन नबढेको ६ वर्ष भयो, अब यो पेशा गर्न सकिदैंन'




काठमाडौं।ग्यास बिक्रेता महासंघ नेपालले ६ वर्षदेखि कमिशन नबढेको भन्दै तत्काल कमिशन नबढे पेशानै छाड्नुपर्ने अवस्था आएको जनाएको छ।

महासंघको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबलार्इ भेटेर यो जानकारी दिएको हो।महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यासको कमिशन नबढ्दा व्यवसायी पलायनको क्रम बढ्दै गएको बताउँदै त्यसले उपभोक्तालार्इ समेत असर गर्ने बताए।

‘ग्यासको कमिशन नबढेको ६ वर्ष भइसकेको छ।अरु सबै वस्तुको मूल्य बढेको छ’उनले मन्त्री यादबसँग भनेका थिए,तर हामीले एउटा ग्यास बिक्री गर्दा जम्मा २८ रुपैयाँ पाउँछौं।‘ महासंघले मन्त्री यादबलार्इ पछिल्लो समयमा भएको मूल्यवृद्धिसहितको खर्च विवरणनै पेश गरेर पाँच प्रतिशत मुनाफाको व्यवस्था गर्न आग्रह गरेको थियो।



महासंघसँग आवद्ध रहेको विराटनगर ग्यास विक्रेता संघले कमिशनको माग गर्दै हड्ताल सुरु गरिसकेको छ।अघिल्लो प्रधानमन्त्री शेरबहादुर देउवालार्इ समेत महासंघको प्रतिनिधीमण्डलले भेटेर कमिशन वृद्धि गर्न माग गरेको थियो।देउवाले कमिशन बढाउन निर्देशन दिएपनि आयल निगमबाट प्रकृया अघि बढेन्।



Share this Story

   

ग्यास बिक्रेता महासंघले भन्यो- 'कमिशन नबढेको ६ वर्ष भयो, अब यो पेशा गर्न सकिदैंन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.