खतिवडा भन्छन्- ‘मुहान सफा भए दरबारमार्गको पसलमा छापा मार्न पर्दैन्’

बिजमाण्डू
२०७४ फागुन २३ गते १७:२७ | Mar 7, 2018

काठमाडौं।अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सारमा मूल्यांकन कम गर्ने र दरबारमार्गमा छापा मार्ने प्रवृति अन्त्य हुनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले मुहान सफा भएपछि अन्यत्र छापा मार्नै नपर्ने दाबी गरे।‘हामीले पहिला मुहान सफा गरौं।मुहान सफा भएपछि अन्यत्र पनि सफा हुन्छ।’उनले बजेटको मध्यावधि समिक्षा गर्दै भने।गत दशै अघि आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्ग क्षेत्रमा अनुगमन गर्दै ब्राण्डेड पसलमा सील लगाएका थिए।न्यून मूल्यमा सामान ल्याएर अधिक मूल्यमा बिक्री गरेको भन्दै ती पसलमा मन्त्रीकै अग्रसरतामा सील लगाएका हुन्।

अर्थमन्त्री खतिवडा आएपछि राजस्व प्रशासन सुधार अन्तर्गत भन्सार विन्दुमै रिफर्म थालेका छन्।उनले सबै भन्सार प्रमुखलार्इ बोलाएर एलसी र सन्दर्भ मूल्यमा मूल्यांकन गर्न निर्देशन दिएका छन्।ड्राफ्ट र टीटीलार्इ निरुत्साहित गर्दै एलसी र सन्दर्भ मूल्यमार्फत भन्सार मूल्यांकन भएमा राजस्व प्रशासन सुधार हुने उनको ठम्यार्इ छ।