केएल मोबाइल हबको एउटा मोबाइल किन्दा अर्को सित्तैमा अफर, ६० मिनेटमै मर्मत पनि गर्ने

बिजमाण्डू
२०७४ फागुन २४ गते १०:२१ | Mar 8, 2018

काठमाडौं। केएल मोबाइल हबले मोबाइल खरिद गर्दा बिभिन्न अफर संचालन गरेको छ। हबमा जारी मोबाइल मेला सकिएपनि बिभिन्न अफर कायमै रहेको प्रेस बिज्ञप्तीमार्फत मोबाइल हबले जनाएको छ ।

Tata
GBIME
Nepal Life


 
सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्य सहित हबले फागुन १ गतेदेखि मोबाइल मेला आयोजना गरेको थियो । मेला सकिएपनि २ वटा अफरहरुलाई भने मोबाइल हबले निरन्तरता दिएको जनाएको छ ।
 
मेलाको सफलताले उत्साहित भएको बताउँदै  आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए। उनका अनुसार मोबाइल मेला सकिएपनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने छ ।
 
त्यसै गरी मोबाइल एक्सचेञ्ज अफरलाई पनि केही समयका लागि निरन्तरता दिइएको ग्लाइडरले बताए । ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भएपनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् ।
 
फागुन १६ गतेसम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालन गरिएको थियो । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मोबाइल हबमा उपलब्ध छन् ।

अधिकांश ब्राण्डले मोबाइल हबमा नै टच एन्ड फिल काउन्टर समेत सञ्चालन गरिरहेका छन् । मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवापनि उपलब्ध छ ।