दुर्घटनाग्रस्त विमान कम्पनीका सिइओले भने- ‘नेपालका एटीसीले मिसगाइड गर्दा विमान दुर्घटना’

बिजमाण्डू
२०७४ फागुन २८ गते २१:०३ | Mar 12, 2018
काठमाडौं। नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा आज विमान दुर्घटना भएको युएस बं‌गला विमान कम्पनीले दाबी गरेको छ। 
 

विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन्। 
 
'एटिसीले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,' उनले भने।विमानमा कुनै पनि प्राविधिक गडबढी नभएको दाबी गर्दै उनले भने, 'हाम्रो जानकारीअनुसार दुर्घटनामा एटिसीको लापरवाही छ, हाम्रा पाइलटको तर्फबाट होइन।'
 
तर नेपालको एटिसिले भने चेतावनीका वावजुद विमानले गलत ठाउँबाट ल्याण्डिङ गर्दा विमान दुर्घटना भएको दावी गरेको छ। एटिसीले विमान दुर्घटना पूर्व चालकदलसँग गरेको संवादको अडियो रेकर्ड समेत सार्वजनिक गरेको छ। 
 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको दाबी गरेका थिए।

Tata
GBIME
Nepal Life