रसुवागढी र सान्जेनको आइपिओ भर्ने आज अन्तिम दिन, मागभन्दा साढे तीन गुना बढी आवेदन पर्यो




काठमाडौं। रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको पहिलो चरणको आइपिओमा कर्मचारी संचयकोषका संचयकर्ताले आजसम्म मात्र आवेदन दिन पाउने छन्। ‍दुवै आयोजनाले फागुन ११ गते देखि प्रति शेयर १०० रुपैयाँको दरमा निष्कासन गरेकोमा मंगलबारसम्ममा तीन गुणा भन्दा धेरैको आवेदन परेपछि आजबाट निष्कासन बन्द गर्ने भएको हो।

सान्जेन जलिविद्युत आयोजनाले निष्कासन गरेको ८७ लाख ६० हजार कित्ताको लागि मंगलबारसम्ममा तीन अर्ब १३ करोड रुपैयाँको आवेदन परेको छ।  जसमा ८ लाखभन्दा धेरैले आवेदन दिन पाउने भए पनि मंगलबारसम्ममा एक लाख ३५ हजारले आवेदन दिएका छन्।
त्यस्तै रसुवागढी आयोजनाले १ करोड ६४ लाख कित्ताकालागि निष्कासन गरेकोमा बुधबार १०:३० सम्ममा एक लाख ५० हजार आवेदकबाट ५ अर्ब ५९ करोड रुपैयाँको आवेदन परेको छ। यो माग भन्दा ३.४ गुणा भन्दा बढीको आवेदन हो।

दुबै आयोजनामा संचयकर्ताले न्यूनतम ५० कित्ताकालागि आवेदन दिन पाउने छन्। साथै रसुवागढीमा अधिकतम ५०० कित्ता र सान्जेनकालागि ३०० कित्तासम्मको आवेदन दिन पाउनेछन्।  


शेयरधनी रसुवागढी सान्जेन
न्यनतम अधिकतम न्युनतम अधिकतम
संचयकर्ता 50 500 50 300
संस्थापक कम्पनीका कर्मचारी 50 500 50 300
कर्मचारी संचयकोषका कर्मचारी 50 2500 50 1000
 

Share this Story

   

रसुवागढी र सान्जेनको आइपिओ भर्ने आज अन्तिम दिन, मागभन्दा साढे तीन गुना बढी आवेदन पर्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.