शेयर कारोबारमा आकर्षित गर्न प्रहरीलाई पनि तालिम, प्रदेश ५ र ६ मा तीन संस्थाको शेयर सचेतना




काठमाडौं। सिडिएससी, नेपाल स्टक एक्सचेन्ज र युनाइटेड फाइनान्सले संयुक्त रुपमा प्रदेश नं ५ र ६ मा लगानीकर्ता सचेतना कार्यक्रम आयोजन गरेका छन्। यस्तो कार्यक्रम फागुन २८ र २९ गते प्रदेश नं ५ को नेपालगंज र प्रदेश नं ६ को सुर्खेतमा आयोजना गरिएको हो। 


 
कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका सहायक प्रवन्धक सुरेन्द्रराज वाग्लेले शेयर बजारको बारेमा जानकारी दिएका थिए। 
 
नेपालगंजको क्षेत्रीय प्रहरी तालिम केन्द्रमा चार सयभन्दा धेरै प्रहरीलार्इ तालिम दिइएको थियो। त्यस्तै प्रेदेश नं ६ को सुर्खेतमा इम्पेरियल सेक्युरिटिजको सह आयोजनामा शेयर बजारमा आवद्ध लगानीकर्ता तथा संभावित लगानीकर्तालार्इ शेयर बजारको बारेमा जानकारी दिइएको छ। 


Share this Story

   

शेयर कारोबारमा आकर्षित गर्न प्रहरीलाई पनि तालिम, प्रदेश ५ र ६ मा तीन संस्थाको शेयर सचेतना को लागी १ प्रतिक्रिया(हरु)

Ram[ 2018-03-17 12:10:08 ]
सचेतना वा साछेरता जे भने पनि कार्यक्रम भयो राम्रो भयो तर एउटा कुरा के भने त्यहाँ आएका सुझाब सल्लाह लाइ ग्रहण गर्नु होला र यथासक्य छिटो कर्यनावनमा ल्याउनु होला ठिक छ ब्रोकर कमिसन लगायत धेरै अन्य कमिसन लगानीकर्ताले तिर्नु पर्छ यो सम्बन्ध मा आएका सुझाब लाइ लिनु होला तर रुपन्देहीमा भएको कार्यक्रम राम्रो थियो तर लगानीकर्ता लाइ आधा जस्तो लगानीकर्तालाई त कोल्ड ड्रिंक्स पनि दिइऎन र दिन भर बस्दा पनि राम्रो खाजा नास्ता भएन त्यत्रो लगानि गर्ने लगानीकर्ता लाइ सछेरता गराउने नाममा कुनै गैर व्यक्तिले त फाइदा उठायो कि

   हालसम्म ८५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.