विमान दुर्घटना : युएस बंगलाका पाइलट अबिदले विमान उडाउनुअघि नै दिएका थिए राजीनामा!




काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला एयरका चालकले विमान उडाउनु अघि नै राजीनामा दिएको खुलेको छ।

चालक अबिद सुल्तानले इमेलमार्फत् राजीनामा दिएको उनका नजिकका साथीलाई उद्धृत गर्दै बंगलादेशको समाचार अनलाइनलाई प्रोथोमलोले जनाएको छ।

'अबिदले नेपाल उड्नुअघि नै युएस बंगलालाई इमेलमार्फत् राजीनामा दिएका थिए,' उनका साथीले भने। तर, उनको राजीनामा स्वीकृत भने नभएको उनले बताए। युएस बंगला एयरका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कमरुल इसलामले भने राजीनामाबारे प्रशासनलाई जानकारी नभएको बताएका छन्।

अबिदका साथीकाअनुसार युएस बंगलाका उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथोपियन एअरलायन्समा गएको बताएका छन्।अबिदले  सन् २०१५ को मे ६ बाट पाइलटका रुपमा युएस बंगलामा प्रवेश गरेका थिए। उनी सन् १९८४ मा बंगलादेश एअरफोर्समा आवद्ध भएका थिए। २० वर्षे सेवाअवधि सकेपछि उनी निजी विमान कम्पनीमा प्रवेश गरेका थिए।

दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार रहेका थिए। विमानमा सवार चालक दलका चार सदस्यसहित ४९ जनाको मृत्यु भइसकेको छ।

Share this Story

   

विमान दुर्घटना : युएस बंगलाका पाइलट अबिदले विमान उडाउनुअघि नै दिएका थिए राजीनामा! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.