सांग्रिला बैंकका ५५ नयाँ कर्मचारीलार्इ अभिमुखिकरण तालिम, थप २२ शाखा संचालनमा ल्याउने




काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले नवनियुक्त ५५ जना कर्मचारीलार्इ १० दिने अभिमुखिकरण तालिम दिएको छ। बैंकले काममा जानु भन्दा अगाडि सामाजीकरण, अभिमुखिकरण तथा कम्युटर तालिम दिएको जनाएको छ।



तालिममा  क्रेडिट
, कस्टमर सर्भिस, टेलर व्यवस्थापन, नक्कली नोट तथा सिग्नेचर भेरिफिकेसन लगायतका बिषयमा जानकारी दिइएको बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

तालिम सकिएसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस्तो तालिमले कर्मचारीको कार्यकुशलता बढ्ने बताए।

बैंकले नयाँ कर्मचारी नियुक्ती गरेसँगै नयाँ २२ वटा शाखा कार्यालय खोल्ने समेत जनाएको छ। बैंकका अनुसार नयाँ कार्यालय संचलनामा आएसँगै बैंकका शाखाहरु ५८ वटा पुग्ने छ।



Share this Story

   

सांग्रिला बैंकका ५५ नयाँ कर्मचारीलार्इ अभिमुखिकरण तालिम, थप २२ शाखा संचालनमा ल्याउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.