यामाहाका बाइकहरु डिलरमार्फत कलैयामा बिक्री सुरु, एक्सचेन्जका साथै फाइनान्स सुविधा पनि दिने




काठमाडौं। यामाहा मोटरसाइकलको अधिकृत विक्रेता एमडब्लु इन्टरप्राइजेजले कलैयामा नयाँ डिलरमार्फत सेवा बिस्तार गरेको छ।

नयाँ शोरुममा थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस सम्बन्धी सबै सेवा लिनसक्ने कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले कैलायास्थित नयाँ डिलर 'श्री मोटर्स'बाट एक्सचेन्ज र फाइनान्सको सुविधा पनि पाउन सक्नेछन्।


श्री मोटर्सका अध्यक्ष सोनाल प्रसाद केशरीले भने,'यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ। अब यामाहाको मोटरसाइल किन्न अन्त धाइरहनुपर्दैन।' केशरीले शोरुममा सर्भिसिङका लागि  हाइटेक वर्कसपका साथै दक्ष प्राविधिक रहने जानकारी समेत दिए।

कम्पनीले हाल फेसिनो, रे जेडआर, रेजी र अल्फा लगायतका स्कुटर र एफजे८ एस एफआइ, आर १५, एसजीआरआर, एफजेड २५ लगायतका विभीन्न सिरीज का  मोटरसाइसकल विक्री वितरण गर्दै आएको छ।
 

Share this Story

   

यामाहाका बाइकहरु डिलरमार्फत कलैयामा बिक्री सुरु, एक्सचेन्जका साथै फाइनान्स सुविधा पनि दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.