पाटनमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, ललितपुरलाई नमूना हस्तकला ग्राम बनाउन माग




ललितपुर। ललितपुर उद्योग वाणिज्य संघ स्थापनाको ५० औं वर्षगाँठ तथा स्वर्ण जयन्तीको अवसरमा ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ शुरु भएको छ।

पाटन दरबार स्क्वायरको भण्डारखाल बगैँचामा आजदेखि सुरु भएको मेलाको प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्‍घाटन गरे।

उद्‍घाटनमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा आर्थिक विकास गर्न लगानीमैत्री वातारण,  निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गरी, १३ जिल्ला रहेको प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ३ नं प्रदेशले समग्र राष्ट्रकै आर्थिक, सामाजिक समृद्धिको अगुवाई गर्नसक्ने बताए।

अध्यक्ष महर्जनले विकास, निर्माण कार्य संचालन गर्न सरकारलाई बढीभन्दा बढी राजश्वको आवश्यकता पर्ने भन्दै, विद्यमान संरचनाबाट थप राजश्व जुटाउने तर्फ लाग्नु भन्दा बढी भन्दा बढी स्रोत परिचालन हुन सक्ने वृहत परियोजनाको संचालनमा सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए।

उनले हस्तकलाको प्रवद्र्धन गरी ललितपुरलाई नमूना हस्तकला ग्राम बनाउन पनि सरकारसँग माग गरे। चैत्र ४ गते सम्म चल्ने मेलामा पाकिस्तान, बंगलादेश र भारतका २२ र स्वेदशी  ५८ गरी ८० वटा स्टलहरु रहेका छन्।
 

Share this Story

   

पाटनमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, ललितपुरलाई नमूना हस्तकला ग्राम बनाउन माग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.