सेञ्चुरी बैंकको सातौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०% लाभांश पारित




काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले शेयरधनीलार्इ चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न संचलक समितिको प्रस्ताव पारित गरेको  जनाएको छ।
 

बैंकका अनुसार ५ प्रतिशत बोनस शेयर पारित गरेसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
 
बैंकले आर्थिक वर्ष २०७३/७४ को वासताल पारित गरेको छ। बैंकले गत आर्थिक वर्षमा ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो।
 
बैंकले उपत्यका भित्र ११ वटा र उपत्यका बाहिर ८२ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर,१० वटा शाखा रहित बैंकिङ सेवा सहित जम्मा १११ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
 

Share this Story

   

सेञ्चुरी बैंकको सातौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०% लाभांश पारित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.