काठमाडौंमा थप चार स्थानमा क्लासिक टेकको सेवा, क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न मिल्ने

बिजमाण्डू
२०७४ चैत्र १ गते १६:०३ | Mar 15, 2018
काठमाडौंमा थप चार स्थानमा क्लासिक टेकको सेवा, क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न मिल्ने

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले काठमाडौंमा एकै दिन चारवटा शाखा विस्तार गरेको छ। काठमाडौंमा बालाजु र कीर्तिपुरमा सेवा विस्तार गरेको कम्पनीले ललितपुर र भक्तपुरमा पनि शाखा विस्तार गरेको हो।

Tata
GBIME
Nepal Life


भक्तपुरमा गठ्ठाघर, ललितपुरमा थसिखेल, कीर्तिपुरमा ट्याङ्लाफाट र बालाजुमा माछापोखरीमा शाखा कार्यालय सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनीले रकम भुक्तान र रिचार्जलाई सर्वसुलभ बनाउन विभिन्न अनलाईन भुक्तान गर्ने कम्पनी र अनलाईन बैंकिङ सेवा दिने बैंकहरुसँग सहकार्य गरिरहेको समेत जानकारी दिएको छ।

कम्पनीका अनुसार भिसा, मास्टरकार्ड लगायतका क्रेडिटकार्डको प्रयोग गरी भुक्तान गर्न सक्ने योजनामा समेत कम्पनीले काम अघि बढाएको छ।
कलासिक टेकले २३ वटा शाखा कार्यलय मार्फत ७२ जिल्लामै सेवा पुर्‍याएको जनाएको छ।