इँटामा भ्याट हटाउन उद्योगीको माग, भ्याट लगाउन नहुने यस्तो छ उद्योगीको तर्क

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ चैत्र ५ गते ०९:४७ | Mar 19, 2018

विराटनगर । इँटा उद्योगीले भ्याटको सट्टा फ्ल्याटमा कर लगाउन आग्रह गरेका छन्।नेपाल इँटा उद्योग महासंघको विराटनगरमा सम्पन्न ४३ औँ बैठकले इँटा भ्याट हटाएर फ्ल्याटमा कर लिन आग्रह गरेको हो।

Tata
GBIME
Nepal Life

महासंघले मन्त्रालय र सरकारी निकायमा प्रतिनिधि मण्डल पठाई आगामी बजेटदेखि कार्यान्वयनमा ल्याउन माग गर्यो।महासंघका महासचिव शंकर चन्दका अनुसार घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर सञ्चालन गरिने र हाते उद्योग भएकाले इँटा उद्योगबाट भ्याट लिन नहुने जिकिर गरे।
‘इँटा उद्योग बढीमा साढे पाँच महिना चलाइन्छ’, महासचिव चन्दले भने, ‘एक सय ८० दिनभन्दा कम सञ्चालन गरिने उद्योगसित भ्याट लिन मिल्दैन।’

श्रम निर्देशिकामा आपत्ति
महासंघले श्रम मन्त्रालयले जारी गरेको निर्देशिकामा श्रमिकलाई ३३ डिग्री तापक्रमभन्दा कम वातावरणमा काम लगाउनु पर्ने भनी उल्लेख गरेको प्रावधान लागु गर्न कठिन हुने जनाएको छ  ।

त्यस्तै श्रमिकलाई कोलोनी बनाएर आवासको सुविधा दिनुपर्ने प्रावधान पनि लागु गर्न कठिन हुने उनले बताए।चन्दले भने ‘श्रमिक नै फरकफरक ठाउँबाट आएका हुन्छन् र एकै ठाउँ बस्न रुचाउँदैनन् ।’

श्रम निर्देशिका काठमाडौंलाई आधार बनाएर तयार गरिएको र यसमा महासङ्घको सहकार्यमा संशोधन गर्नुपर्ने महासङ्घले निर्णय गरेको छ ।
काठमाडौंका र तराई क्षेत्रका इटा उद्योगका कामदारमा फरकफरक प्रकारका समस्या रहेको उनले बताए।