सार्क च्याम्बर र ग्लोकलबीच उद्यमशीलता शिक्षाका लागि सम्झौंता

बिजमाण्डू
२०७४ चैत्र ६ गते १०:१३ | Mar 20, 2018

काठमाडौँ। सार्क च्याम्बर अफ कमर्श र ग्लोकलबीच उद्यमशीलता शिक्षाका लागि सम्झौंता भएको छ।सार्क विजनेश लिडर कन्केल्भमा यो सम्झौंता भएको हो।

Tata
GBIME
Nepal Life

सम्झौंतामा सार्क च्याम्बरका अध्यक्ष सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले हस्ताक्षर गरे।सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर/किशोरीलाई  ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क राष्ट्रमा लैजानेछन्।

'१३/१९ बर्षको किशोर/किशोरीहरुको लागी  ग्लोकल टीन हिरो एउटा  प्लेटफार्म हो, जसले उनीहरुको  शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ', कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको।