रोयल इन्फिल्डको अत्याधुनिक सर्भिस सेन्टर बालाजुमा खुल्यो, ट्रेनिङ सेन्टर पनि संचालन गरिने

बिजमाण्डू
२०७४ चैत्र ६ गते १५:११ | Mar 20, 2018

काठमाडौं। रोयल इन्फिल्ड मोटरबाइकको नेपालकालागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले आधुनिक सर्भिस सेन्टर खोलेको छ।
कम्पनीले बालाजुमा खोलेको सर्भिस सेन्टरमै पहिलो अन्तराष्ट्रिय ट्रेनिङ सेन्टर पनि स्थापना गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

रोयल इन्फिल्ड इन्डियाका प्रमुख प्रशिक्षक के रङग  स्वामी, क्षेत्रीय सर्भिस म्यानेजर विराटराज श्रीवास्तव, एमभी दुगड ग्रुपका प्रमुख मोतिलाल दुगड,उपप्रमुख विवेक दुगड र इन्फिल्डका हेड अफ अपरेशन मेघराज पौडेलले सर्भिस सेन्टरको उद्घाटन गरे।

बालाजु औद्योगिक क्षेत्रस्थित गुराँस इन्जिनियर्स प्रालीको हाताभित्र ६  हजार स्क्वयार फिटमा अत्याधुनिक सर्भिस सेन्टर रहेको छ। सर्भिस सेन्टरमा १३ वटा बे तथा स्पेयर पार्टस् राखिएको कम्पनीले जनाएको छ।

एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले क्लासिक तथा युनिक फिचर भएका  व्राण्डलार्इ उच्च स्तरीय सेवा सुविधा प्रदान गर्ने उदेश्यका साथ स्थापना गरिएको बताए।

एम भी ग्रुप अन्तर्गतको भगिनीसंस्था विवेक अटो मोवाइल्स प्रालीले  सन् २००२ देखि रोयल इन्फिल्ड मोटरसाइकल नेपालमा भित्र्याउँदै आएको छ।
कम्पनीले  नेपालमा रोयल इन्फिल्डका ७ वटा नयाँ अन्तराष्ट्रियस्तरको शोरुम तथा वर्कसप स्थापना गरिसकेको जनाएको छ।

यसै क्रममा २०१८ भित्रमा हेटौंडा,नेपालगञ्ज,धनगढी र बालाजुमा गरी चारवटा शोरुमहरु स्थापना गर्ने लक्ष्य राखेको  बिज्ञप्तीमा उल्लेख छ।