‘ओलिनोमिक्स’ मा उदारवादलाई कति ठाउँ दिने?

बिजमाण्डू
२०७४ चैत्र ६ गते १६:३८ | Mar 20, 2018
‘ओलिनोमिक्स’ मा उदारवादलाई कति ठाउँ दिने?
युवालाई लक्षित गरि गरिएको नेपाल विकास सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमले भड्किएको नेपाली समाजमा यूवा पूस्ताको मानसिकतालाई देशमै केहि गर्नु पर्छ भन्ने बनाउँदा खुसी लाग्यो। देशलाई चाहिने जनशक्ति उत्पादन, पूँजी निर्माण, दीर्घकालिन विकास र राष्ट्रिय बचतको लक्ष्यमा टेवा पूग्ने आशा उक्त कार्यक्रमले जगाएको छ।
 
नेपाल प्राकृतिक/साँस्कृतिक विविधता र सम्पदाको हिसाबले धनी देश हो। जहाँ कृषि, जलविद्युत, पर्यटन, जडिबुटी, खानी र दक्ष जनशक्ति उत्पादन गर्न सक्ने ठूलो सम्भावना रहेको छ।
 
हालको आवश्यकता पनि सम्भावित क्षेत्रमा दक्ष जनशक्ति परिचालनगरि विकासको मुल फुटाउनुनै हो। कार्यक्रममा भनिए जस्तै पर्यटनबाट डलर भित्र्याउन सक्ने, जलविद्युतको निर्यात गर्नसक्ने र कृषिमा आधुनिकिकरण गरि आत्मनिर्भर रहन सक्ने सम्भावना छन्। 
 
यसका वावजुद वर्तमान अवस्थामा लागेको देश विकासमा सबैभन्दा कमजोर पक्षचाहिँ नेपालि युवा पुस्ताको मानसिकता नै हो। 
 
युवा पूस्ताले समाज कता तिर जाँदैछ भन्ने सोच्न सकिरहेको छैनन्। नेपाली समाजमा विलासिता प्रतिको मोह, अनुत्पादक वस्तुहरुमा खर्चगर्ने प्रवित्तिले रेमिट्यान्स बाट भित्रिएको रकम उत्पादनमुलक क्षेत्रमा खर्च हुन सकेको छैन।
 
कपाल काट्ने, कपडा सिलाउने, जुत्ता सिउने जस्ता कामहरु युवा पूस्ताबाट उपेक्षित हुँदा वर्षेनी खरबौ रुपैयाँ बाहिरिएको यथार्थ हामिकहाँ छ। 
स्वास्थ्य, शिक्षा, भौतिक संरचना, नेतृत्ववर्गको अदुरदृष्टि, दक्ष जनशक्ति नहुनु, सुचना प्रविधिको अभाव, समाजको पछौटेपन, र कुटनितिक कौशलता प्रदर्शन गर्न नसक्नुले पनि समाज पछाडी परेको जगजाहेरनै छ। 
 
भ्रष्टचारले ब्याप्त मानसिकता, पूँजीको अपर्याप्तता, विदेशी लगानीलाई आकर्षण गर्न नसक्नु, राजनैतिक अस्थिरता, बौद्धिक वर्गलाई मुल राजनीतिले गरेको उपेक्षा, राजनीतिलाई पेशाका रुपले लिने होडबाजीहरु विकासका लागि नकारात्मक पक्ष रहेका छन्। 
 
नेपालमा सम्भावना भएका बिभिन्न प्रकारका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु मार्फत बृहत स्तरमा रोजगारी श्रृजना गर्न सकिने, जलविद्युत निर्यात गरी राष्ट्रिय बचत ब्यवस्थापन गर्न सकिने सुनौलो अवसर हामिकहाँ छ। 
 
सुक्ष्म विष्लेषण गर्दा पर्यटन, जलविद्युत,जडीबुटी आदि बाट साना तथा मझौला उद्योगहरु स्थापना गरि जनशक्ती परिचालन गर्न सक्ने अवसर पनि रहेका छन्। विदेशप्रतिको मोहलाई आफ्नो मुलुक प्रतिको सद्भारवमा परिणत गर्नसकिने अवशरहरु पनि रहेका छन्।
 
आजका युवाहरु १८ वर्षमा उच्च शिक्षा हासिल गर्नसाथ राम्रो अंक ल्याउनेहरु पश्चिमा देश र मध्यम तथा कम अंक प्राप्त गर्ने विद्यार्थीहरु खाडीमुलुक जानको लागि प्रतिसपर्धा गर्नुनै नेपालको लागि ठूलो चुनौतीको रुपमा रहेको छ। 
 
त्यस्तै छोरा खेतबारीमा काम गर्दैछ भन्नु भन्दा लाखौलाख खर्चगरि अस्ट्रेलिया, युरोप, अमेरिकामा भाडा माझ्दैछ भन्नुमा गर्वगर्ने आमाबुवाको दास मानसिकता पनि चुनौतिको रुपमा रहेको छ।
आषाढ १५, ऋषि पञ्चमी, जनै पुर्णिमा, नाग पञ्चमी जस्ता परापुर्बकाल देखि मनाइदै आएका रिति रिवाज सँस्कृतिप्रतिको हेलाह र क्रिसमस, भ्यालेन्टाइन डे जस्ता विदेशी सँस्कृति प्रतिको मोह अर्को चुनौतिको रुपमा खडा हुँदैछ। 
 
वौद्धिक वर्गलाई मुलराजनितिले उपेक्षा गर्दा उनीहरुलाई विदेशी शक्तिकेन्द्रहरुले परिचालन गर्ने मौका पाउनु, आम जनताको राजनीति प्रति कुनै चासो नहुनु, नेतृत्वबर्गको नितिगत दुरदृष्टिता नहुनुनै दिर्घकालीन विकासका चुनौतीका रुपमा रहेका छन।
 
भ्रष्टाचार राज्यको सबै इकाइ, विभाग तथा निकायमा व्याप्त भएको बेला पियन देखि प्रधानमन्त्री सम्मको भ्रष्ट मानसिकतालाई बदल्नुनै प्रमुख चुनौतीका रुपमा रहेका छन।
 
हाम्रो जस्तो मुलुकमा बजारलाई अर्को ठुलो चुनौतीको रुप लिन सकिन्छ। देशका वस्तु तथा सेवा विस्तारका लागि आवश्यक पर्ने  भौतिक संरचनाहरु निर्माण नहुँदा उत्तर दक्षिण बजार, बिक्रि बितरण, भण्डारण र व्यवस्थान चुनौतिको रुपमा रहेको छ। 
 
माथि उल्लेखित सम्पुर्ण विषयहरुले देश विकासका लागि आन्तरिक रुपमा सवल पक्ष, कमजोरी तथा अवशर र चुनौतीहरुलाई प्रष्ट्याएको छ।
 
आन्तरिक वातावरण
आन्तरिक वातावरण आफ्नो नियन्त्रणमा हुने भएकोले आन्तरिक रुपमा दीर्घकालिन विकास सहज बनाउने नितिहरु निर्माण गर्न सकिन्छ। विकासका लक्ष्य हासिल गर्न अनुकुल हुने गरि तयारी गर्न सकिन्छ। 
 
बाह्य वातावरण
खुल्ला बजार नितिले संसारको जुनसुकै कुनामा उत्पादन भएको बस्तु तथा सेवा स्थानीय बजारमा तुरुन्त उपलब्ध गराउन सकिन्छ। तर बाहिरी उत्पादनलाइ प्रोत्साहन गर्छ र स्वदेशी बस्तु तथा सेवालाई प्रतिस्थापन गर्दै ठुलो अनुपातमा रकम बाहिरिन्छ। 
 
उक्त वातावरण आफ्नो वसमा नहुने हुँदा त्यसै सापेक्ष रहेर निति,कार्यनिति तथा रणनितिहरु तर्जुमा गरि अनुकुलता प्राप्त गर्नुपर्ने हुन्छ । उक्त विषयमा प्रवेश गर्न विभिन्न अन्तराष्ट्रिय कानुन, सन्धि सम्झौताले बाधेको हुन्छ।
 
विकासका लागि भावी कार्ययोजनाहरु
सर्वप्रथम राष्ट्र समृद्ध, सवल र विकसित बनाउन हाम्रो जस्तो मुलुकमा रणनितिक हिसावले अघि बढ्नु पर्ने हुन्छ। विकास कहिले पनि आजको भोली, चुट्कीको भरमा हुने होइन। विकास एक श्रृखला हो र यो एक पछि अर्को गर्दै अघि बढ्दछ।
 
जसलाई सिढीको खुड्किलाको हिसावले हेर्नु पर्दछ। फेदको खुड्किलोमा टेक्ने वित्तिकै माथिल्लो तल्लामा पुग्न सकिदैन। जवरजस्ती गर्न खोजिए लडिन्छ र पहिलो खुड्किलो भन्दा तल झर्न सकिन्छ। 
 
रणनितिक हिसावले विभिन्न चरणमा विकास अघि बढाउनु पर्दछ। नत्र नेपालमा उदारवादी अर्थ निति ल्याउँदा विराटनगर जुटमिल, चिनी उद्योग, जनकपूर चुरोट कारखाना, भृकुटी कागज कारखाना जस्ता कम्पनी बन्द भएजस्तै यस्तै परम्पराको निरन्तरता हुन्छ।
 
त्यतिबेला त्यसप्रकारका उद्योगहरुलाई प्रवर्धन गर्दै रोजगारी बढाउने, उत्पादन बढाउने हिसावले अघि बढ्नु पथ्र्यो। त्यतीबेला पहिलो दोस्रो खुड्किलो नबढ्दै एकै पटक निजीकरण र उदारवाद देखाउने प्रवृत्तिले देशलाई अझ परनिर्भर बढाईदियो। 
 
प्राथमिकता
देश विकासका विषयमा वोल्नुपर्दा आफ्नो भूमी, पँजी, श्रम र संगठनको स्थिति हेरेर प्राथमिकताका विषयहरु छनौट गर्नु पर्दछ। पहिलो प्राथमिकताका विषयमा आधारभुत आवश्यकताको परिपुर्ति नै हुन्छ। त्यस पश्चात शिक्षा , स्वास्थ र  भौतिक संरचना गर्दै तत्काल गर्नुपर्ने कामलाई प्रमुख प्राथमिकतामा राखि विकासलाई अघि बढाउनु पर्छ।
 
शिक्षा
नेपाली मानसिकताले सानो भनि हेला गरेको कामहरु जस्तै कपाल काट्ने, जुत्ता सिलाउने, कपडा सिलाउने तरकारी बेच्ने, पाइपलाइन मर्मत तथा सम्भारका कामहरु, रेडियो टेलिभिजन मर्मत, मोटर साइकल बनाउने, गाडी बनाउने जस्ता कामहरु प्रति प्रोत्साहन गर्ने खालका प्रविधिक शिक्षामा निम्न माध्यामिक तह देखिनै जोड दिनुपर्छ। अनिमात्र कार्यक्रममा भनिए जस्तै भारतमा हुने खरबौं  रेमिटान्स निर्यात रोक्न सकिनेछ। 
 
स्वास्थ्य 
कार्यक्रममा भनिएको थियो कि गरिवीको कारण रोग हैन की रोगिको कारणले गरिवी वढेको हो। त्यसैले स्वास्थ सम्बन्धी चेतना अभिवृद्धि गर्ने र जनस्वास्थलाई प्रथमिकता दिइनाले दक्ष तथा निरोगि जनशक्ति निर्माण गर्न सकिन्छ। जसले राष्ट्र निर्माणमा सकरात्मक भुमिका निर्वाह गर्न सक्दछ।
 
अपनत्वको विकास 
मानवजातिमा एक त्यस्तो गुण हुन्छ जसमा उ सधै गर्व गर्छ, त्यो हो उसको “म” प्रतिको मोह। अथवा मेरो धन, मेरो सफलता, मेरो घर, मेरो परिवार, मेरो समाज, मेरो देश आदि। 
त्यस्तै उसले “मेरो उत्पादन” लाई पनि गर्व गर्छ। मानवजातिले त्यतिबेला बस्तु तथा सेवाको उत्पादनलाई मेरो भन्छ जतिबेला त्यस उत्पादनमा उसको मिहिनेत,धन, परिश्रम मध्ये केही खर्च गरेको हुन्छ। त्यसैले बजारमा उत्पादित विभिन्न बस्तु तथा सेवामा उसको अपनत्व दिन सकिए, उसको म प्रतिको मोहलाई देश विकासको माध्यम बनाएर लैजान सहज हुन्छ। 
 
दक्षिण भारतको एक ठाउँमा पापड उत्पादक उद्योगले बिहानी पख मैदा लगायतका कच्चा पदार्थ स्थानीय महिलाहरुलाई पापड बेल्नका लागि बितरण गर्छ। बेलुका उक्त बेलिएको पापड संकलन गरि गरि बजारमा बितरण गर्छ। यसले महिला स्वरोजगारमा बृद्धि गरेको छ, स्थानीय बजार कब्जा गरेको छ। किनकी खाद्यान्न खरिद गर्ने हरुले पापड खरिद गरेमा अधिकतमरुपमा आफुले उत्पादन गरेको नै प्रथम प्राथमितामा पर्दछ। 
 
यसरी बस्तु तथा सेवाहरुमा अपनत्व प्रदान गर्न सके बिदेशी बजारका बस्तु तथा सेवालाई प्रतिस्थापन गर्न सहज हुने देखिन्छ। 
 
वर्षेनी अरबौंको काचो आँपको ब्यापार भारतले नेपाल मार्फत गरिरहेको छ। जवकी हाम्रो देशकै सप्तरी सिराहा जस्ता तराइ क्षेत्रमा आँपले कुनै मुल्य पाउदैन। यदि आपको सिजनमा उक्त काँचो आप संकलन गरि त्यहाँका स्थानीय महिलाहरुलाई घर घरमा अचार बनाई लिइदिने र बजारमा ल्याउन सक्ने हो भने यसरी भारत जाने अरबौको रकम स्थानीय बजारमा बाडिने थियो। यसले उद्यमशिलतामा महिलाको पनि सकृय सहभागिता समेट्ने थियो। 
 
सहकार्य वा सहकारीको विकास 
हाम्रो जस्तो अल्पविकसित मुलुकमा प्रथमतः कुनै साना उद्योगहरुको स्थापनाका लागि पनि सानो भन्दा सानो पुँजी पनि सम्भावना कम छ। त्यसमाथि सरकारी सहयोगको त कुनै आशा नै नगरे हुने स्थिति रहेको छ। 
 
यस्तो परिस्थितिमा सर्बप्रथम पूँजी निर्माण गर्न र त्यसलाई उद्यमशीलतामा लगानी गर्न उपयुक्त माध्यम भनेको सहकारीको विकास हो। गाउँघरमा एक सय, पाँच सय वा एक हजारका दरले पाक्षिक, मासिक बचत गर्ने खालका अनौपचारिक सहकार्य कोषहरु रहेका छन। 
 
जुन बचत आवश्यकता हेरि सामान्य ब्याजदरमा कोष सञ्चालकहरुले सदस्य समुहभित्र नै लगानी गर्छन। यसै प्रकारका सहकार्य गर्ने किसिमले बचत तथा ऋण सहकारी, श्रमिक सहकारी, कृषि सहकारी, उद्यमशील सहकारी तथा बहुउद्देश्य सहकारीहरुको निर्माण गरि पूँजीनिर्माण, सञ्चालन र लगानी गर्न एक उपयुक्त माध्यम हुन सक्छ। अन्यथा कार्यक्रममा भनिए जस्तै १० प्रतिशत पूँजीपतिहरुको कालो धनलाई सेतो पार्ने माध्यम बनेका बैंकहरुको चंगोलमा नै देशको अर्थतन्त्र केन्द्रित रहने छ।
 
मानब दायित्वको विकास
हाम्रो जस्तो मुलुकमा शक्तिशाली राष्ट्रहरुले आफ्नो स्वार्थ पुर्ति गर्नका आफु अनुकुलका नितिहरु देशका प्रमुख अंगहरुलाई प्रबाभमा पारी लागु गराउन सहज छ। यसकै उपज हुन अहिलेको समाजको छाडापन, अराजकता, विदेशी संस्कृति प्रतिको मोह आदि। यस्ता कुराहरुको प्रतिबाद गर्न खोजिएमा झन उसको अधिकार हनन भयो भनी अधिकार दिलाउन दैलोमै आइपुग्ने अन्तराष्ट्रिय गैह्सरकारी संस्था तथा दातृ निकायहरु सक्रिय हुनु यसैको प्रतिबिम्ब हो। 
 
प्राथमिक स्तरको अध्ययनबाट नै उसको परिवार, समाज र राष्ट्र प्रति नैतिक दायित्व श्रृजना गर्दै लगेमा उसको देश प्रतिको सकारात्मक सोचको विकास गराउन सकिने देखिन्छ।
 
नत्र खेति योग्य जमिनमा एसियाली बिकास बैंक, बिश्व बैंकको सहयोग सानो सडक निर्माण गरि कृषि सडकको नाम दिएर खेतियोग्य जमिनलाई बस्तीमा रुपान्तरण गरी खेतियोग्य जमिनहरु नष्ट गर्ने दिर्घकालिन योजनाले काम गर्छ। पछि आफुलाई चाहिने खाद्याान्न आयात गर्नुपर्ने हुन्छ। 

Tata
GBIME
Nepal Life