किन घटिरहेको छ कारोबार रकम? घाटा खाएर बेच्नु भन्दा होल्ड गर्नु नै उचित: लगानीकर्ता

बिजमाण्डू
२०७४ चैत्र ६ गते १७:५६ | Mar 20, 2018
किन घटिरहेको छ कारोबार रकम? घाटा खाएर बेच्नु भन्दा होल्ड गर्नु नै उचित: लगानीकर्ता
काठमाडौं। भदौ महिना यता शेयर करोबार रकम ह्वात्तै घटेको छ। कारोबार रकमसँगै नेप्से सूचकमा पनि भारी गिरावट आउँदा ब्रोकर कार्यलयमा नियमित शेयर किनबेच गर्न जाने लगानीकर्ताको उपस्थिती पनि पातलिँदै गएको छ। बजार बढेका बेला ब्रोकर कार्यालय लगानीकर्ताले भरिन्थे। 

Tata
GBIME
Nepal Life


 

बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएसँगै ब्रोकर कार्यालयमा लगानीकर्ताको उपस्थिति पातलिँदै गएको श्रीहरि सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशालकुमार अग्रवाले बताए। हातमा पैसा नभएपछि लगानीकर्ता शेयर बजारमा आउन छाडेको अग्रवाल बताउँछन्।

'बजार बढिरहेको छ भने लगानीकर्तामा एक किसिमको मनोबल बढ्छ जसले गर्दा उनीहरु ब्रोकर कार्यालयमा आउँछन् र शेयर कारोबार गर्छन तर,' उनले भने, 'बजार घट्दैछ भने किन आउने भन्ने लगानीकर्ताले गर्दा ब्रोकर कार्यालयमा भिडभाड हुन छाडेको छ।' 
 

बजार लगातार ओरालो लाग्दा घाटा खाएर शेयर बेच्नु भन्दा होल्ड गरेर शेयर राख्ने लगानीकर्ता धेरे भएको उनले बताए। बजारमा शेयर किन्न चाहने र बेच्न चाहने दुबै लगानीकर्ता नभएको उनी बताउँछन्। 
 
अहिले दैनिक २० देखि ४० करोड रुपैयाँको शेयर किनबेच भइरहेको छ। बजार बढेका बेला सामान्य अवस्थामा पनि ५० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच हुने गरेको थियो। लगानीकर्ता दिपक पाण्डे घाटा खाएर शेयर बेच्नु भन्दा नबेची होल्ड गरेर बसेको बताउँछन्। 'बैंकसँग लिएको ऋण तिर्न शेयर बेचेको भए पनि बाँकी रहेको शेयर बजार जति तल झरेपनि बेच्न छाडेको उनले बताए। बजारमा केही सकारात्मक संकेत नदेखिएसम्म शेयर किनबेच गर्ने मनस्थितिमा नरहेको उनले सुनाए। 
 
'यस्तो अवस्थामा शेयर किनबेच कम हुनुको प्रमुख कारण बैंकको ऋण तिर्न, आफ्ना अन्य आवस्यकता पुरा गर्न, महंगा शेयर बेचर राम्रा कम्पनीका शेयर किन्ने लगानीकर्ता देखिएका छन्,' अग्रवालले भने।

यस्तै पाण्डेले भने बजारमा अल्पकालीन लगानीकर्ता धेरै भएको र उनीहरुले सानोतिनो हल्लामा पनि शेयर किनबेच गर्दा कहिलेकाँही रकम बढेको देखिएको बताए। 
 

बजार लगातार तल झर्दै गर्दा साना लगानीकर्ता बैंकको मुद्दती निक्षेपतर्फ लागेको तर ठुला लगानीकर्ता मुद्दती निक्षेप भन्दा पनि भोलिका दिनमा सरकारले लिने नीति तथा कार्यक्रम हेरेर लगानी गर्ने अवस्थामा रहेको पाण्डे बताउँछन्।