लक्ष्मी बैंकले हरेक महिना पैसा जम्मा गर्न मिल्ने मुद्दतिको ब्याज १०% पुर्यायो, यस्तो छ सुविधा

बिजमाण्डू
२०७४ चैत्र ८ गते ०९:५३ | Mar 22, 2018
काठमाडौं। लक्ष्मी बैंकले रिकरिङ डिपोजिट स्किमको ब्याज दर बढाएर १० प्रतिशत पुर्याएको छ। बैंकले बचत खाताजस्तो प्रकृति रहेको मुद्दति खाताको ब्याज बढाएको हो। बैंकले यसलाई 'लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट' नाम दिएको छ। 
 
यो खातामा सर्वसाधारणले कम्तिमा ५०० रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ। ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि हरेक महिना जम्मा हुने पैसा स्वत मुद्दति खातामा जान्छ। यो खातामा एक बर्षदेखि ५ बर्षसम्म सञ्चालन गर्न सकिन्छ।
 
ग्राहकले ब्याज रकम आफ्नो बचत परिपक्व भएको अवस्थावा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्प रोज्न सक्छन्। यो खाता खोल्नेलाई बैंकले लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा पनि उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ। बैंकका ७८ शाखा छन्। 
 

Tata
GBIME
Nepal Life