मनिचेञ्जरलाई पनि ‘पिओएस’ बाट विदेशी मुद्रा भुक्तानी दिने सुविधा, कुन कुन कार्ड हुन्छन् ‘भ्यालिड’

बिजमाण्डू
२०७४ चैत्र ८ गते १०:१७ | Mar 22, 2018
मनिचेञ्जरलाई पनि ‘पिओएस’ बाट विदेशी मुद्रा भुक्तानी दिने सुविधा, कुन कुन कार्ड हुन्छन् ‘भ्यालिड’


काठमाडौं। नेपाल आउने पर्यटकलाई लक्षित गरि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटहीलाई थप सहज बनाएको छ।  अब मनिचेञ्जर कम्पनीहरुले 'पिओएस' मार्फत विदेशी मुद्रा सटही दिन सक्ने भएका छन्।
 
राष्ट्र बैंकले निर्देशन जारी गर्दै भिसा इन्टरनेशनल, मास्टर कार्ड इन्टरनेशनल, युनियन पे इन्टरनेशनललगायतका कार्डबाट मात्र यस्तो सटही सुविधा उपलब्ध हुने छ। कति रकमसम्म सटही सुविधा दिने अधिकार राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई दिएको छ। बाणिज्य बैंकहरुले मनि चेञ्चरहरुसँग गरेको सम्झौताका आधारमा मात्र सटही दिइने निर्देशनमा उल्लेख छ।
 
नगद सटहीपछि प्रति कारोबार सेवा शुल्कमा लाग्ने पैसाको वाँडफाँड मनि चेञ्जर र बैंकबीचको आपसी सहमतिमा हुने छ। ग्राहकको राहदानीको फोटोकपीका साथै कार्ड नम्बर अनिवार्य रुपमा लिनु पर्छ। पिओएस राख्नका लागि मनि चेञ्जरले राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्छ।

Tata
GBIME
Nepal Life