कर्णालीको राजधानी सुर्खेतमा काठमाडौंदेखि सिधा हवार्इ उडान, चैत २१देखि एनएसी र वुद्धको उडान

बिजमाण्डू
२०७४ चैत्र ८ गते १२:५६ | Mar 22, 2018

काठमाडौं।सुर्खेत विमानस्थल पुन:संचालनमा आउने भएको छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको संयोजकत्वमा वुधबार बसेको बैठकले चैत २१ गतेदेखि सुर्खेत विमानस्थल संचालनमा ल्याउने निर्णय भएको हो।मन्त्री अधिकारीले चैत २१ गतेबाट काठमाडौंदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म सिधा हवार्इ उडान हुने व्यवस्था मिलाइएको भन्दै ट्विट गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलका अनुसार नेपाल वायु सेवा निगम र वुद्ध एयरले उडान भर्ने सहमति भएको छ।उनले भने,'मन्त्रालयले आयोजना गरेको बैठकमा सबै विमान कम्पनीका प्रतिनिधी बोलाइएको थियो। एनएसी र बुद्धले १५  दिन भित्र उडान सुरु गर्ने बताएका छन्।' पहिला नेपाल वायुसेवा निगम र गोमा एयरले उडान भरेका थिए। 'उडानका लागि पुर्वाधार तयार भइसकेको छ। प्राविधिक र प्रशासकीय तयार छौँ' पौडेलले भने।