नबिलको ११% ब्याजको स्किम, अग्रिम भुक्तानीले १२.५% ब्याज पुग्ने, एसएमइमा ‘आक्रामक’ ऋण

बिजमाण्डू
२०७४ चैत्र ८ गते १३:१४ | Mar 22, 2018
काठमाडौं। नबिल बैंकले अग्रिम ब्याज भुक्तानी गर्ने गरी नयाँ मुद्दति खाताको स्किम ल्याएको छ। बैंकले बार्षिक ११ प्रतिशत ब्याज दिने गरि स्किम ल्याएको। बैंकले खाता खोल्ने बित्तिकै एक बर्षको ब्याज भुक्तानी गरिदिन्छ।
 
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल शाहले चालु आर्थिक बर्षको बाँकी अवधिमा ब्यापार बिस्तार गर्नु पर्ने भएकाले निक्षेपको जोहो गर्न नयाँ स्कीम ल्याएको बताए। बैंकको अग्रिम ब्याज पाउने खाता खोल्नका लागि कम्तिमा ५ लाख रुपैयाँ चाहिन्छ। बैंकले दुई बर्षसम्मको निक्षेप स्वीकार्ने जनाएको छ। 
 
११ प्रतिशत बार्षिक ब्याजको स्किममा अग्रिम भुक्तानीका कारण ब्याज करिव करिव साढे १२ प्रतिशत पुग्छ। यति महँगो ब्याज तिरेर नबिललाई निक्षेप लिनु पर्ने के समस्या पर्यो? भन्ने प्रश्नमा शाहले भने- हामीलाई कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी) कायम गर्नका लागि भन्दा पनि ब्यापार बढाउनका लागि पैसा चाहिएकाले ब्याज बढि दिइएको हो।
 
उनका अनुसार, चैतदेखि असार मसान्तसम्मको चार महिनाको अवधिमा बैंकले १० अर्बभन्दा माथि ऋण बिस्तार गर्ने योजना बनाएको छ। यसो हुँदा निक्षेप परिचालन गर्नु पर्ने हुन्छ। निक्षेप आकर्षित गर्नका लागि बैंकले अग्रिम ब्याज भुक्तानीको स्कीम ल्याएको उनले जानकारी दिए।
 
'अहिले हाम्रो सिसिडी ७५ प्रतिशत छ। यो ७७ प्रतिशतभन्दा नाघ्नु हुँदैन भन्ने हाम्रो योजना छ' उनले भने, 'यो बीचमा ऋण नदिइ बस्ने कुरा हुँदैन। त्यसैले ऋण विस्तार गर्नका लागि निक्षेप खोज्नु पर्ने हुन्छ। त्यसैको लागि नयाँ स्कीम ल्याइएको हो।'
 
उनले यो स्कीमबाट आएको पैसाबाट साना तथा मझौला उद्योग तथा मध्यम खालका कर्पोरेटमा लगानी गर्ने बताए। 

Tata
GBIME
Nepal Life