बजारमा तीब्र उतारचढाव, २३ अंकले घटेको बजार सात अंकको सुधार तर फेरि साढे १० अंकको गिरावट

बिजमाण्डू
२०७४ चैत्र ८ गते १५:४४ | Mar 22, 2018
काठमाडौं। साताको अन्तिम कारोबार दिन शेयर बजारमा निक्कै उतारचढाब देखिएको छ। शुरुमा करिव साढे २३ अंकसम्म घटेको शेयर बजारपछि सुधार भएर ७ अंकले बढेको थियो। तर कारोबारको अन्तिमतिर भने बजार १०.६३ अंकले झरेको छ।
 
कारोबार सुरु भएको २ घण्टा ३ मिनेटसम्ममा २३.४१ अंकले तल झरेको बजार २ घण्टा ४७ मिनेटमा बाउन्स व्याक भर्इ ३ घण्टा १० मिनेटसम्ममा ७.२६ अंकले उकालो लागेको थियो। त्यसपछि बजारमा एकाएक आपूर्ति बढ्न थाल्यो, जसले गर्दा शेयर बजार १०.६३ अंकको गिरावट सहित रोकिएको छ। 
 
शेयर बजार लगातार गिरावट हुँदै गर्दा अलिकति बढ्न थाल्यो भने पनि बजारमा तत्काल शेयरको आपूर्ति बढेर बजार फेरि घटेको नेपाल इन्भेष्टर फोरमका तुलसीराम ढकालले बताए। बैंक तथा वित्तीय संस्थाको तरलता समाधान हुने कुनै पनि समाधान ननिस्की सकेको भन्दै उनले सरकार निमार्ण भए देखि नै शेयर बजार गिरावट हुँदै गर्दा पनि सरकारले केहि पनि संवोधन गर्न नसकेको बताए। 'संबोधन नभएकाले मनोबल झन् कमजोर भइरहेको छ' उनले भने। 
 
बजारमा तिब्र उतारचढाव आए पनि कारोबार रकममा सुधार आएको छ। दिनभरीमा ४३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। बजार सुचक १२२०.४४ अंकमा झरेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै ४ करोड ७१ लाख रुपैयाँको करोबार भएको छ। नगवेली वित्तीय संस्थाका शेयरधनीले सबै धन्दा धेरै ८.१४ प्रतिशतले कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले ५.३३ प्रतिशतले गुमाएका छन्। 
 
सम्पुर्ण सूचक तथा उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै होटलको उपसूचक ३.२८ प्रतिशतले तल झरेको छ। गतएको बिहीबारबाट बजार लगातार ओरालो झर्दा ९४.६९ अंकले घटेको छ। 

Tata
GBIME
Nepal Life