अन्तशुल्कको नक्कली स्टीकरमा सांग्रिला डिस्टिलरी संलग्न, व्यवस्थापक पक्राउ, संचालक फरार

बिजमाण्डू
२०७४ चैत्र ८ गते १५:४७ | Mar 22, 2018

रुपन्देही।मदिरा उद्योगलेनै नक्कली स्टीकर ल्याएर राजस्व छल्ने गरेको रहस्य खुलेको छ।

Tata
GBIME
Nepal Life

धनुषामा रहेको सांग्रिला डिस्टीलरीले भारतबाट अन्तशुल्कको नक्कली स्टीकर बनाएर मदिरामा टासेर राजस्व छल्ने गरेको भेटिएको हो।रुपन्देही प्रहरीले अवैध रुपले लैजान लागेको ठूलो परिमाणकोे होलोग्राम स्टीकर र त्यसमा संलग्न नियन्त्रणमा लिएपछि रहस्य खुलेको हो।

प्रहरी टोलीले केही दिन अघि गैरकानुनी ढंगबाट लुकाई छिपाई लैजान लागेको चार लाख थान नक्कली स्टीकर बरामद गरेको थियो। प्रहरीले स्टीकरसँगै भैरहवाका बिनोद सिंह र भारतीय नागरीक मोहम्मद गद्दी मुसलमान तथा समसुद्धिनलाई नियन्त्रणमा लियो ।यो स्टीकर भारतबाट छापेर धनुषाको मिथला नगरपालिका वडा नं ८ जमुनीवासीमा रहेको साँग्रिला डिस्टिलरीमा लैजान लागेको पत्ता लाग्यो।

भारतीय नम्वर प्लेटको युपी ४३ एई १६८२ टाटा इन्डिका कारमा ५० युपि १८० एमएल आन्तरीक राजस्व बिभाग लेखिएको स्टीकर सहित उनीहरु पक्राउ परेका थिए।उनीहरु पक्राउपछि उद्योगीबाट ठूलो रकमको पैसाको अफर प्रहरीलार्इ थियो तर प्रहरीले आर्थिक प्रलोभनलार्इ अस्विकार गर्यो। पक्राउ परेका सिंह र भारतीय नागरीक मोहम्मद गद्दी मुसलमानको बयानका आधारमा प्रहरीले डिष्टिलरीका व्यवस्थापक भवानी सुवेदी र कामेश्वर महतोलाई धनुषाबाट नियन्त्रणमा लियो।डिष्टिलरीका उद्योगी कुशेश्वर साह भने फरार छन्।कर्मचारी पक्राउको विरोधमा उद्योगीले धनुषा क्षेत्रका डिष्टिलरी बन्द गरेर हड्तालमा उत्रिएका छन्।

उद्योगको व्यवस्थापक परेको पहिलो पटक
भारतबाट नक्कली स्टीकर ल्याउन थालेको झण्डै पाँच वर्षको अवधिमा उद्योगको व्यवस्थापक पक्राउ परेको पहिलो पटक हो।

यो अवधिमा नक्कली स्टीकर ल्याउने भरिया मात्रै पक्राउ परेका थिए। ६ महिना अघि मात्रै वीरगंजबाट आन्तरिक कार्यालयको छाप अंकित ५० किलो ९८७ हजारभन्दा बढी० नक्कली स्टीकरसहित भारतीय नागरिक वीरेन्द्र गुप्ता पक्राउ परे।
 
भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा नक्कली स्टीकर फेला परेको थियो।
 कार्यालयका अनुसार सो स्टीकर काठमाडौंको बौद्धस्थित हरिओम ट्रेडिङ प्रालिको रहेको अनुसन्धानबाट खुल्न आएपनि स्टीकर मगाउनेलार्इ बचाउने काम भयो।

यसरी फैलियो नक्कली स्टीकरको जालो
पाँच वर्षअघि आन्तरिक राजस्व विभागका तात्कालिन महानिर्देशक टंकमणि शर्माले मदिरामा नक्कली स्टीकर लगाउने विरुद्ध अभियाननै थाले।

नेपाल मदिरा उत्पादक संघले नक्कली स्टीकरको प्रयोग बढेको भन्दै नियन्त्रणका लागि शर्मालार्इ आग्रह गरेपछि अभियान सुरु भयो।यो अभियानपछि नक्कली स्टीकर लगाएर मदिरा उत्पादन गर्ने समूह निस्कृय बने।शर्माको अभियानबाट तर्सिएका मदिरा उद्योगीले नक्कली स्टीकर लगाउन बन्द गरे।तर केही समयपछि विभागमा महानिर्देशक बनेर आए चुडामणि शर्मा।

शर्मा आएपछि विभागले बजार अनुगमन शुन्यजस्तै भयो।टंकमणि हुँदा काठमाडौं लगायतका ठूला शहरमा विलविजक जारी गर्ने अभियानसँगै पसलको अनुगमन समेत हुन्थ्यो।तर चुडामणि आएपछि बजार अनुगमन शुन्यनै बन्यो।

बजार अनुगमन समेत नभएपछि नक्कली स्टीकर लगाएर मदिरा उत्पादन गर्नेको मनोबल बढ्यो।ती समूहले भारतबाट नक्कली स्टीकर बनाएर ल्याउने र मदिरामा टासेर खुलमखुला बिक्री गर्न थाले।मदिरा उद्योग थपिएपनि राजस्वमा भने ठूलो विस्तार भएन।'नक्कली स्टीकर लगाउने समूह यति बलिया भए उनीहरुको बोली मात्रै विभागमा बिक्न थाल्यो,मदिरा उत्पादक संघका एक पदाधिकारीले भने,नक्कली स्टीकर लगाएर मदिरा बिक्री गर्दा उनीहरुलार्इ धेरै नाफा हुन्थ्यो।'

उनीहरुले विभागका रहेका कर्मचारीलार्इ समेत पैसा दिनसक्थे।तर राजस्व तिरेका उद्योगीले पैसा बुझाउन नसकेकोले उनीहरुको कुरा सुनिएन।उनका अनुसार यो अवधिमा बजार अनुगमन नभएपछि नक्कली स्टीकरले बैधताजस्तै पायो।सरकारी कागजात किर्ते गर्ने र नक्कली स्टिकर प्रयोग गर्नु नक्कली नोट छाप्नु भन्दा पनि खतरनाक भएपनि कुनै कारवाही भएन।चुडामणिपछि आएका महानिर्देशक किशोरजंग कार्कीको समूहले पनि नक्कली स्टीकरमाथि कारवाही अघि बढाएन।