गोल्डस्टार जुत्ताको नयाँ शोरुम नयाँ बानेश्वरमा, थप चार ठाउँमा नयाँ शोरुम खोलिँदै

बिजमाण्डू
२०७४ चैत्र ८ गते १६:२८ | Mar 22, 2018
गोल्डस्टार जुत्ताको नयाँ शोरुम नयाँ बानेश्वरमा, थप चार ठाउँमा नयाँ शोरुम खोलिँदै
काठमाडौं। गोल्डस्टार जुत्ताको अधिकृत निर्माता एवं विक्रेता कम्पनी किरण सु म्यानुफ्याक्चरर्सले नयाँ बानेश्वरमा शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ बानेश्वरस्थित यो सातौँ शोरुम हो। 

Tata
GBIME
Nepal Life


 

यसअघि कम्पनीले सिभील मल, जमल, पुरानो बानेश्वर, कालिमाटी, गाबाहाल र हेटौँडामा आफ्नो शोरुम खोलिसकेको छ। कम्पनीका निर्देशक विदुषी राणाले नेपालका प्रमुख शहरलगायत अन्य शहरी क्षेत्रमा ५० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य लिएको बताइन्। 
 
लगनखेल, बिर्तामोड, पोखरा र दाङमा नयाँ शोरुम खोल्ने योजना रहेको कम्पनीले जनाएको छ।